विप्लवका छोरा प्रकाश पक्राउ
सारांश
- काठमाडौं।
- नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द पक्राउ परेका छन्।
- उनलाई चितवन प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं। नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द पक्राउ परेका छन्। उनलाई चितवन प्रहरीले पक्राउ गरेको हो। चितवन मेडिकल कलेजका विद्यार्थीले विभिन्न माग राखी गरेको आन्दोलनको प्रकाशले नेतृत्व गरेपछि उनलाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ। उनीसँगै आन्दोलनमा उत्रिएका अन्य विद्यार्थीलाई पनि पक्राउ गरिएको र उनीहरुलाई जिल्ला प्रहरी कार्यलयभित्र राखिएको प्रहरीले जनाएको छ।
(Xanax)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया