एसईई परीक्षा दिन बसेकी किशोरी प्रहरीकै संलग्नतामा मारिइन्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १५, २०७४
|
|
१७ पटक हेरिएको
Shares
एसईई परीक्षा दिन बसेकी किशोरी प्रहरीकै संलग्नतामा मारिइन्

सारांश

  • सुर्खेत : एसईई परीक्षा दिन डेरामा बसेकी किशोरीको मृत्यु प्रकरणमा प्रहरीकै संलग्नता भेटिएपछि घटना थप रहस्यमय बनेको छ।
  • एसईई परीक्षा दिन बाबियाचौरमा डेरा लिएर बस्दै आएकी पञ्चपुरी नगरपालिका, चौरकी १८ वर्षीया गोरीकला रोकायको मृत्यु स्वाभाविक नभई बलात्कारपछि हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।
  • शरीरमा चोट लागेको र कानबाट रगत बगेको अवस्थामा मंगलबार उनी आफ्नै डेरामा मृत फेला परेकी थिइन्।

सुर्खेत : एसईई परीक्षा दिन डेरामा बसेकी किशोरीको मृत्यु प्रकरणमा प्रहरीकै संलग्नता भेटिएपछि घटना थप रहस्यमय बनेको छ।

एसईई परीक्षा दिन बाबियाचौरमा डेरा लिएर बस्दै आएकी पञ्चपुरी नगरपालिका, चौरकी १८ वर्षीया गोरीकला रोकायको मृत्यु स्वाभाविक नभई बलात्कारपछि हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। शरीरमा चोट लागेको र कानबाट रगत बगेको अवस्थामा मंगलबार उनी आफ्नै डेरामा मृत फेला परेकी थिइन्। घटनामा संलग्नताको आशंकामा प्रहरीले एक ट्राफिक प्रहरीसहित तीन जनालाई पक्राउ गरेको छ।

डेराबाहिर लगेर किशोरीलाई बलात्कार गरिएको र हत्या गरेर कोठामा छोडिएको अनुमान प्रहरीको छ। प्रहरी जवानकै नेतृत्वमा सोमबार मध्यराति किशोरीलाई डेरादेखि टाढा चौरमा पु-याएर यौनजन्य अपराध भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्नता देखिएको भन्दै जिल्ला प्रहरी कार्यालयले अस्थायी ट्राफिक पोस्ट, बाबियाचौरमा कार्यरत प्रहरी जवान हरि कोइरालासहित तीन जनालाई नियन्त्रणमा लिएको हो। सोमबार मध्यराति साढे १२ बजे प्रहरी जवान कोइराला र स्थानीय युवक लक्ष्मी बास्तोलाले गोरीकलालाई डेराबाट मोटरसाइकलमा राखेर लगेका थिए।

इलाका प्रहरी कार्यालय, बाबियाचौरभन्दा करिब दुई सय मिटर टाढाको चौरमा लगेर किशोरीमाथि यौनजन्य क्रियाकलाप गरेको पाइएको सुर्खेतका एसपी उमाप्रसाद चतुर्वेदीले बताए। उनले भने, ‘किशोरीको मोबाइल डिटेल अध्ययन गर्दा प्रहरीको पनि संलग्नता देखियो, मध्यराति चौरमा लगेर यौनजन्य अपराध भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।’

किशोरीको बलात्कारपछि हत्या भएको भन्दै आफन्तले प्रहरीमा किटानी जाहेरी दर्ता गरेका छन्। घटनामा संलग्न रहेको आशंकामा गोरीकलालाई प्रहरी जवान कोइरालाको जिम्मा लगाउने स्थानीय माझीगाउँका २० वर्षीय युवक लक्ष्मी बास्तोला र डेरामा छोड्न जाने लक्ष्मीका दाइ खुमप्रसाद बास्तोलालाई पनि प्रहरीले नियन्त्रणमा राखेको छ। ‘मदिरा सेवन गरेर मातेको पाइयो, चौरमा लिएर किशोरीमाथि यौनजन्य क्रियाकलाप गरेर डेरामा छोडिएको अनुसन्धानले देखाएको छ तर हत्या वा दुर्घटनाबाट मृत्यु हो, पोस्टमार्टम रिपोर्टपछि मात्र यकिन हुन्छ।’

अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?