विप्लव को बन्दका कारण पुर्बी नेपालको जनजीबन प्रभावित,सुरक्षा व्यवस्थालाई हाईअर्लट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
३६ पटक हेरिएको
Shares
विप्लव को बन्दका कारण पुर्बी नेपालको जनजीबन प्रभावित,सुरक्षा व्यवस्थालाई हाईअर्लट

सारांश

  • बिराटनगर साउन,२९।
  • नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आयोजना गरेको नेपालबन्दका कारण बिहानैदेखि नेपालको पुर्वी भेगको जनजिवन प्रभावित भएको छ।
  • बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दुरीका सवारीसाधन हरु चलेका छोईनन,पुर्बका ठुला शहर विराटनगर,ईटहरी,धरान,बिर्तामोड लगायतका ठाउँमा प्राय:जसो ठुला सवारीसाधन नचल्दा यात्रु हरु समेत समस्यामा परेका छन।

बिराटनगर साउन,२९। नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आयोजना गरेको नेपालबन्दका कारण बिहानैदेखि नेपालको पुर्वी भेगको जनजिवन प्रभावित भएको छ।बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दुरीका सवारीसाधन हरु चलेका छोईनन,पुर्बका ठुला शहर विराटनगर,ईटहरी,धरान,बिर्तामोड लगायतका ठाउँमा प्राय:जसो ठुला सवारीसाधन नचल्दा यात्रु हरु समेत समस्यामा परेका छन।

बन्दलाईसफल पार्न विभिन्न १३ संगठनले संयुक्त रुपमा अपिल नै जारी गरेका छन । उनीहरु ले सरकारले नेकपाका प्रवक्ता प्रकाण्ड, पोलिटब्युरो सदस्यहरु पदम राई, ओमप्रकाश पुन,  कृष्ण धमला, मोहन कार्की,केन्द्रीय सदस्यहरु टेकबहादुर, देवनारायण शाह,  जिल्ला इन्चार्ज योगेन्द्र कुमाल लगायत सयौं नेताकार्यकर्ता लाई गिरफ्तार गरी शारीरिक तथा मानसिक यातना दिने जस्ता कार्यप्रतिआपत्ति र बिरोध जनाउँदै सम्पूर्ण राजबन्दीहरुको बिनासर्त रिहाइको माग समेत गरेका छन् ।

नेपाल बन्द गरे सँगै प्रहरीले सुरक्षा व्यवस्थालाई हाईअर्लट बनाएको प्रहरीले जनाएको छ । अहिले प्रदेश एकका प्रमुख सरकारी कार्यलयहरु प्रहरीकै सुरक्षामा राखिएको एक नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ । सम्भावित घट्नालाई मध्यनजर गदै प्रहरी सुरक्षा कडा बनाएको प्रहरी बताउँछ ।

अहिले इटहरी आसपासका सरकारी कार्यलयहरुमा कुकुर समेत प्रयोग गरी सुरक्षा व्यवस्था कडा गरेको इलाका प्रहरी कार्यलय इटहरीका डिसपी शिव श्रेष्ठले बताए । उनले भने अहिले हामीले कडा सुरक्षाका साथ सुरक्षा व्यवस्था मिलाएका छौ । सरकारी कार्यलयहरुमा हुन सक्ने सम्भावित घट्नालाई हेदै कुकुर समेत परिचालन भएको उनको भनाई थियो । केहि माथिल्लो निर्देशन र केहि आफ्नै रणनितिका साथ प्रहरी परिचालन गरेको डिएसपी श्रेष्ठको भनाई छ । ठाउँ ठाउँमा प्रहरी परिचालन गरेको उनी बताउँछन् ।  विप्लप कार्यकर्ताहरु इटहरी आसपासको क्षेत्रमा धेरै पक्राउ परे सँगै यस क्षेत्रमा विप्लपको गतिविधि हुन सक्ने भन्दै प्रहरी इटहरी आसपासको क्षेत्रमा सुरक्षा मजबुद बनाईएको प्रहरीको भनार्इ छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी राजन अधिकारीले अहिले सर्वसाधरणहरुको भिडभाड भएको ठाउँसँगै सरकारी कार्यालयहरुमा विशेष सुरक्षा व्यवस्था बनाएको बताउँछन् । अहिले सरकारी तथा ठुला कार्यालयहरुमा २४ घण्टा सुरक्षा व्यवस्था मिलाएका छौँ, एसपी अधिकारीले भने । विप्लप कार्यकर्ताहरुको उश्रृंखल गतिविधिलाई निरुत्साहित गर्ने अभियानमा प्रहरी लागेको उनको भनाई छ ।

एक नम्बर प्रदेश प्रहरी प्रमुख डिआईजी केदार रिजालले विप्लप गतिविधि बढे पछि सुरक्षालाई हाईअर्लट बनाईएको बताए । अहिले अरु बेलाको भन्दा धेरै प्रहरी परिचालन गरेको उनी बताउँछन् । सादा पोसाकका प्रहरीहरु पनि ठुलो संख्यामा परिचालन भएको छ उनी भन्छन् । एक नम्बर प्रदेशका ठुला तथा सर्वसाधरण भिडभाड हुने ठाउँमा उच्च सुरक्षा व्यवस्था अपनाईएको छ।, डिआईजी रिजालले भने । पछिल्लो समयमा विप्लपको गतिविधि समेत बढ्रदै गएको प्रहरीको निश्कर्ष छ । अहिले सरकारी कार्यलयहरुमा विप्लपको थ्रेड हुन सक्ने भन्दै सुरक्षालाई थप कडा बनाएको छौँ, उनले थपे ।विप्लप सँगै अबैध गतिविधि गर्नेहरुलाई विशेष अभियान चलाई पक्राउ गर्ने प्रहरीले बताएको छ ।

सुनसरी मोरङसँगै पूर्वी पहाडी जिल्लामा विप्लपको गतिविधि बढेको कारण सुरक्षामा असर पर्ने सक्ने भन्दै सुरक्षालाई कडा बनाईएको एक नम्बर प्रदेश प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?