महेन्द्रनगरमा गोलि लागी १ को मृत्यु :कसरी एक्कासी हिंसा झन् भडकियो ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
महेन्द्रनगरमा गोलि लागी १ को मृत्यु :कसरी एक्कासी हिंसा झन् भडकियो ?

सारांश

  • काठमाडौ ८,भदौ ।
  • शुक्रबार दिउँसोसम्म अवस्था सामान्य हुँदै गयको कञ्चनपुरको महेन्द्रनगरमा  दिउँसो एक्कसी चोक–चोकमा युवाहरु जम्मा भएर नाराबाजी र सरकारी कार्यालयहरु तोडफोड गर्न थाले।
  • एक्कासी आन्दोलन हुँदा प्रहरीले स्थिती नियन्त्रण नै लिन सकेन।

काठमाडौ ८,भदौ ।शुक्रबार दिउँसोसम्म अवस्था सामान्य हुँदै गयको कञ्चनपुरको महेन्द्रनगरमा  दिउँसो एक्कसी चोक–चोकमा युवाहरु जम्मा भएर नाराबाजी र सरकारी कार्यालयहरु तोडफोड गर्न थाले। एक्कासी आन्दोलन हुँदा प्रहरीले स्थिती नियन्त्रण नै लिन सकेन। अन्धाधुन्द गोली चलायो।

प्रहरीको गोली लागेर शुक्रबार साँझ करिब साढे पाँच बजेतिर गोली चलाउँदा भीमदत्त नगरपालिका वडा नम्बर १८ का चेतन भट्टको मृत्यु भएको छ।गोली लागेर गम्भीर घाइते चेतनको उपचारका क्रममा महाकाली अञ्चल अस्पतालमा मृत्यु भएको हो ।गोली लागेर गम्भीर घाइते चेतनको उपचारका क्रममा महाकाली अञ्चल अस्पतालमा मृत्यु भएको हो । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको विरोधमा जारी आन्दोलनका क्रममा शुक्रबार साँझ करिब साढे पाँच बजेतिर प्रहरीको गोली प्रहारबाट कविन्द्र सिंह, सगुन सुवेदी, दामोदर खत्री र उमेश देउवा घाइते भएका छन्। घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

आक्रोशित भीड जिल्ला प्रशासन कार्यालयतिर आउन लाग्दा प्रहरीले गोली प्रहार गरेको थियो।

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा स्थानीयको मागअनुसार सरकारले जिल्लाका एसपी र सिडिओलाई हटायो। सहसचिवको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएर घटनास्थल पठायो।उच्चस्तरीय छानबिन समितिले शुक्रबार बिहानैदेखि अनुसन्धान अघि बढाएको थियो। शुक्रबार दिउँसोसम्म अवस्था सामान्य हुँदै थियो।

तर, दिउँसो एक्कासी चोक–चोकमा युवाहरु जम्मा भएर नाराबाजी र सरकारी कार्यालयहरु तोडफोड गर्न थाले,एक्कासी आन्दोलन हुँदा प्रहरीले स्थिती नियन्त्रण नै लिन सकेन। अन्धाधुन्द गोली चलायो।  हिंसा झन् भडकिएको छ।

शुक्रबार बिहान अन्तर्वार्ताका क्रममा नेता रावलले निर्मला पन्तको हत्या प्रकरणलाई कांग्रेस ले  उग्र बनाइरहेको भन्दै अभिव्यक्ति दिएका थिए।सो अभिव्यक्तिको विरोधमा नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि प्रदर्शन गरिरहेका थिय। प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले एक राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास प्रहार गरेको थियाे।

प्रहरीको गोली प्रहारबाट किशोरको मृत्यु भएपछि अहिले महेन्द्रनगर निकै तनावग्रस्त बनेको छ।

प्रहरीले समयमै स्थिती सम्हाल्न नसक्दा जिल्लामा थप हिंसा बढाउने जोखिम देखिएको छ।

पन्तको हत्याका अभियुक्तलाई कारबाहीका लागि हुँदा भएको आन्दोलनमा  राज्यकै गोलीबाट थप व्यक्तिले ज्यान गुमाउन पुगेका छन्। प्रहरी र सर्वसाधरणको दुरी झन् बढ्न पुगेको छ।
आज भएको घटना यसअघिको भन्दा फरक किसिमको रहेको स्थानीयले बताएका छन्।आजको आन्दोलनमा हिजोसम्म आन्दोलन गर्दै आएका निर्मला पन्तका आफन्त तथा छिमेकीहरु थिएनन्। अन्य समूहले नै आन्दोलन गरेको हो। आन्दोलनमा घुसपैठ हुन थालेको छ र राजनीतिक रुप लिएको छ।  (नेकपा) का नेता भीम रावलले विवादास्पद अभिव्यक्ति दिएको भन्दै सोको विरुद्ध कञ्चनपुरमा पुनः प्रदर्शन सुरु भएकाे हो।

हिंसा थप बढ्ने भनेर ७ नम्बर प्रदेशका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रामबहादुर थापालाई यसको लागि पहल गर्न आग्रह गरेका छन्, मन्त्रालयमा आएको सूचना अनुसार शुक्रबारको आन्दोलनमा घुसपैठ भएको छ। पन्तका आफन्तहरुको आजको आन्दोलनमा कुनै संलग्नता छैन।

अहिले स्थिती सम्हाल्न नसक्ने भएपछी स्थानिय प्रशासन ले अर्को सूचना नभएसम्मको लागी कर्फ्यु आदेश जारी गरेको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bk Bdr

    rip

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?