भन्छु आजै भन्दै पल र पूजाले के भने त दर्शकलाई ?
सारांश
- नायिका पूजा शर्माको जन्मोत्सव पारेर असार ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’को एक रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।
- सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रको ‘भन्छु आजै’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
- अर्जुन पोखरेलको संगीत, सुदर्शन थापाको शब्द, सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको यो रोमान्टिक नम्बरको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।
नायिका पूजा शर्माको जन्मोत्सव पारेर असार ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’को एक रोमान्टिक गीत सार्वजनिक गरिएको छ । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रको ‘भन्छु आजै’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
अर्जुन पोखरेलको संगीत, सुदर्शन थापाको शब्द, सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको यो रोमान्टिक नम्बरको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।
रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राना लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । सुदर्शन थापा र पुजा शर्माको लगानीमा बनेको यो फिल्मलाई सुदर्शन आफैले निर्देशन गरेका हुन् । यो फिल्म असार ३० गतेबाट अलनेपाल रिलिज हुँदैछ ।
यो फिल्म बर्ष २०७२ मा रिलिज भएको सुपरहिट फिल्म ‘प्रेमगीत’ को शीर्ष गीत ‘म यस्तो गीत गाउँछु’ बाट सापटी लिएर निर्माण गरिएको हो । ‘प्रेमगीत’ मा नायिका पूजा शर्माको जोडी प्रदीप खड्कासँग बाँधिएको थियो । ‘प्रेमगीत’ लाई निर्देशक सुदर्शन थापाले नै निर्देशन गरेका थिए ।
प्रतिक्रिया