संविधान दिवस : हातहातमा झण्डा, मनमनमा संविधान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ३, २०७६
|
|
२६ पटक हेरिएको
Shares
संविधान दिवस : हातहातमा झण्डा, मनमनमा संविधान

सारांश

  • संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी भएको चार वर्ष पुगेको उपलक्ष्यमा आज मुलुकभर आपसमा खुशियाली साटेर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ ।
  • हजारौँको बलिदानपछि सशस्त्र सङ्घर्षलाई विश्राम दिँदै जनताबाट चुनिएका जनप्रतिनिधिद्वारा गठित संविधानसभाबाट २०७२ साल आजकै दिन मुलुकमा पहिलोपटक संविधान जारी भएको थियो ।
  • विगत ६५ वर्षअघिको नेपाली जनताको नयाँ संविधान बनाउने चाहना साकार भएको यो दिन आफैँमा ऐतिहासक र एक युगको अन्त्य र अर्काे युगको प्रारम्भ भएको दिन पनि हो ।

संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी भएको चार वर्ष पुगेको उपलक्ष्यमा आज मुलुकभर आपसमा खुशियाली साटेर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । हजारौँको बलिदानपछि सशस्त्र सङ्घर्षलाई विश्राम दिँदै जनताबाट चुनिएका जनप्रतिनिधिद्वारा गठित संविधानसभाबाट २०७२ साल आजकै दिन मुलुकमा पहिलोपटक संविधान जारी भएको थियो ।

विगत ६५ वर्षअघिको नेपाली जनताको नयाँ संविधान बनाउने चाहना साकार भएको यो दिन आफैँमा ऐतिहासक र एक युगको अन्त्य र अर्काे युगको प्रारम्भ भएको दिन पनि हो । संविधान दिवसलाई यसपटक पृथक बनाउने उद्देश्यअनुरुप संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिद्वारा आयोजित मुलुकभरका कार्यक्रम झण्डामय बन्न पुगेको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहमात्रै होइन, हरेक सरकारी कार्यालय, संस्थान, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र सर्वसाधारण हातहातमा झण्डा बोकी झण्डा अङ्कित टिसर्ट लगाएर दिवसमा सरिक भए । यसपटक सरकारले कार्य्विधि परिवर्तन गरेर घरघरमा समेत झण्डा राख्न पाउने व्यवस्था गरेपछि यसको रौनक थप बढेको छ ।

संविधान दिवसका अवसरमा आज राजधानीको टुँडिडखेलमा सहभागी नेपाल बैंकका कर्मचारीले ‘हाम्रो सरकार, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्ने नारा लगाउँदै समावेशी संविधान जारी भएको सुखद अवसरमा खुशियाली साटे । राष्ट्रको गौरव राष्ट्रिय झण्डा अङ्कित सेतो टिसर्ट लगाउनुभएका उहाँहरुको हातहातमा झण्डा थियो ।

जनप्रतिनिधिद्वारा जारी मुलुकको पहिलो संविधानलाई मनमस्तिष्कमा राखेर उहाँहरु झण्डा फहराउँदै नाचगानमा व्यस्त हुनुभयो । यसैगरी आ–आफ्ना समूहमा झण्डा फहराएर विभिन्न सङ्घसंस्थाका प्रतिनिधि दिवसमा सहभागी भए । राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागितामा टुँडिखेलमा आयोजित विशेष समारोह चल्दै गर्दा

पछिल्लो भागमा विभिन्न जातजातिको झाँकीसहित नाचगान गरेर खुशियाली मनाउनेको ठूलो भीड थियो । टुँडिखेलको चौर सर्वसाधारणदेखि सरकारी कर्मचारी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले भरिभराउ थियो । सबैले हातहातमा राष्ट्रिय झण्डा फहराएका थिए । अधिकांश सहभागीले झण्डा अङ्कित टिसर्ट लगाएका थिए ।

संविधान जारी भएको खुशी त छँदै थियो, त्यसमाथि कार्यक्रम झण्डामय भएकामा रौनक थप बढेको थियो । एक बैंकका कर्मचारी शैलजा शाहलाई यसपटकको संविधान दिवस खास लाग्यो । “विगतमा क्यालेन्डरमा मात्रै सीमित थियो, यसपालि साँच्चै नै दिवस आए झैँ भयो, झण्डा बोकेर आउँदा छुट्टै उत्साह भयो”, रासससँग शाहले भन्नुभयो ।

यसपटक झण्डा मात्रै भएकाले आगामी वर्ष राष्ट्रिय पोशाकमा सरिक हुन पाइयो भने दिवसको महत्व अझै बढ्ने भन्दै उहाँले सरकारलाई सुझावसमेत दिनुभयो । सरकाले यसपटक ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’ भन्ने नारा तय गरेको थियो । उक्त नारालाई चरितार्थ गर्दै

आज घरघरबाट झण्डा बोकेर सरकारी कर्मचारी तथा सङ्घसंस्थाका प्रतिनिधि दिवसको खुशियालीमा रमाए । सर्वसाधारणको स्वतःफूर्त सहभागिता थियो । विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहित मौलिक वेषभूषामा भएको सहभागिताले टुँडिखेलको शोभा बढेको थियो । सांस्कृतिक संस्थानले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सांस्कृतिक झाँकी प्रदर्शन गरेको थियो ।

सांस्कृतिक संस्थानका निमित्त महाप्रबन्धक प्रभाकर शर्मा समावेशी संविधानअनुसार सातै प्रदेशको प्रतिनिधित्व हुनेगरी झाँकी ल्याएको बताउनुभयो । टुँडिखेलमा कतै नौमती बाजा, कतै लाखे नाच, कतै सारङ्गीको धुन त कतै नेवारी समुदायका विभिन्न झाँकी र नृत्य प्रस्तुत भएका थिए । जुनसुकै कार्यक्रममा पनि सम्मानका साथ झण्डाको प्रयोगले संविधान दिवस थप उल्लासमय भएको थियो ।

नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि हुँदा तलबाट झण्डा फहराएर स्वागत गरिएको थियो । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिद्वारा आयोजित समारोहमा भने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल स्काउटबाट कवाज प्रदर्शन भएको थियो । विभिन्न क्षेत्रका जातजातिको वेषभूषासहितको झाँकी पनि प्रदर्शन गरिएको थियो ।

नेपाल पर्यटन बोर्डले संविधान दिवसमा झण्डाको महत्वलाई विश्वसामु परिचित गराउने गरी अभियान चलाएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० नजिक आउन लागेकाले दिवसका अवसरमा विमानस्थलबाट आउने पर्यटकलाई झण्डाले स्वागत गरेको उल्लेख गर्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भन्नुभयो, “नेपालको जस्तो त्रिकोण भएको झण्डा विश्वमा कहीँ छैन, त्यसैलाई प्रचार गर्न सकियो भने पनि पर्यटन क्षेत्रमा ठूलो उपलब्धि हुन्छ ।”

दिवसका अवसरमा नेपालका महत्वपूर्ण पर्यटकीय क्षेत्र, मौलिक संस्कृति, परम्परा तथा वन्यजन्तुको झलकसहित टुँडिखेलमा प्रदर्शन गरिएको थियो । उक्त अभियानमा भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्य आफैँ सक्रिय हुनुहुन्थ्यो । यहाँ कृषि, पशुका उन्नत बीउ तथा उत्पादनका बारेमासमेत प्रदर्शन गरिएको थियो । रासस नारायण ढुङ्गाना

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोजपुरमा शेरधन राईमाथि बम प्रहार, सुरक्षा गार्ड घाइते (तस्विरसहित)
भोजपुरमा शेरधन राईमाथि बम प्रहार, सुरक्षा गार्ड घाइते (तस्विरसहित)
एभिन्यूज टीभी छोडेको वर्षौ बित्दा पनि तलब नपाएपछि पूर्वकर्मचारी आन्दोलित
एभिन्यूज टीभी छोडेको वर्षौ बित्दा पनि तलब नपाएपछि पूर्वकर्मचारी आन्दोलित
ओलीले भीम रावलतर्फ संकेत गर्दै भनेः मन्त्री बनाउन मानिनँ, उहाँलाई पीर पर्यो
टोटनह्याम हट्सपरको अद्धितिय पूनरागमन : आयाक्सलाई हराउँदै च्याम्पियन्स लिगको फाईनलमा प्रवेश
टोटनह्याम हट्सपरको अद्धितिय पूनरागमन : आयाक्सलाई हराउँदै च्याम्पियन्स लिगको फाईनलमा प्रवेश
Service recipients hit hard for no delivery of services
Service recipients hit hard for no delivery of services
मंसीर ३ देखि राष्ट्रिय परिचयपत्र दिइने
मंसीर ३ देखि राष्ट्रिय परिचयपत्र दिइने
चितुवाबाट ज्यान गुमाएकाको परिवारलाई रु दश लाख
चितुवाबाट ज्यान गुमाएकाको परिवारलाई रु दश लाख
प्रधानमन्त्रीकै नाम जोडिएको परियोजनामा करौडौ हिनामिना, महानिर्देशक सहित १३ जनाको विरुद्ध मुद्धा
प्रधानमन्त्रीकै नाम जोडिएको परियोजनामा करौडौ हिनामिना, महानिर्देशक सहित १३ जनाको विरुद्ध मुद्धा
आजको मौसमः यी प्रदेशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आजको मौसमः यी प्रदेशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
प्राकृतिक विपत्तिबाट जोगिन आवश्यक सजगताका लागि प्रधानमन्त्रीकाे आह्वान
प्राकृतिक विपत्तिबाट जोगिन आवश्यक सजगताका लागि प्रधानमन्त्रीकाे आह्वान

तपाईंले छुटाउनुभयो कि?