विप्लव समूहको बन्दको आंशिक प्रभाव

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ५, २०७६
|
|
१८ पटक हेरिएको
Shares
विप्लव समूहको बन्दको आंशिक प्रभाव

सारांश

  • काठमाडौं।
  • सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानीलगायतका विभिन्न स्थानमा परेको छ।
  • राजधानीमा सवारी साधनको संख्या कम छन्।
काठमाडौं। सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानीलगायतका विभिन्न स्थानमा परेको छ। राजधानीमा सवारी साधनको संख्या कम छन्। विहानै गन्तव्यतर्फ निस्किएका सार्वसाधारण सधारी सधान कुरेर बसेका छन्। राजधानीलगायत मुलुकभरका सुरक्षा व्यवस्था कडा पारिएको छ। राजधानीको चोक चोकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ।
यसैबीच मुलुकका विभिन्न स्थानमा बम बिस्फोटका घटना भएका छन्।  पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका ३ खस्यौली मा रहेको गाउँपालिका भवनमा बम बिस्फोट भएको छ । बमले गाउँपालिका भवनमा क्षति पुगेको छ।  बम विप्लव समूहले विस्फोट गराएको अनुमान गरिएको छ।
सरकारले फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि हालसम्म विप्लव समूका ठूलो संख्यामा नेता तथा कार्यकर्ता पक्राउ परेका छन्।

(https://experience.afrotech.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?