आयोग बनाएर ६ महिनाभित्र मिचिएका सरकारी जग्गा फिर्ता ल्याउने

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १४, २०७६
|
|
३१ पटक हेरिएको
Shares
आयोग बनाएर ६ महिनाभित्र मिचिएका सरकारी जग्गा फिर्ता ल्याउने

सारांश

  • काठमाडौं ।
  • देशभर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता हुने र दुरुपयोग हुने क्रम बढेपछि सरकारले अयाोग बनाएर छानबिन गर्ने भएको छ ।
  • भएका सरकारी जग्गाको खोजी गरी फिर्ता ल्याउन र दोषीलाई कारवाही सिफारिस गर्न सरकारले उच्चस्तरीय आयोग गठन गर्ने भएको हो ।

काठमाडौं । देशभर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता हुने र दुरुपयोग हुने क्रम बढेपछि सरकारले अयाोग बनाएर छानबिन गर्ने भएको छ । भएका सरकारी जग्गाको खोजी गरी फिर्ता ल्याउन र दोषीलाई कारवाही सिफारिस गर्न सरकारले उच्चस्तरीय आयोग गठन गर्ने भएको हो ।

आयोगले हाल चर्चामा रहेको बालुवाटारको ललिता निवासलगायत देशभरको स्थितिको अध्ययन गरी छ महिनाभित्र सबै समस्याको पहिचान गरेर सरकारलाई प्रतिवेदन दिनेछ ।

गत चैत ७ गते स्वीकृत राष्ट्रिय भूमि नीति, २०७५ मा सरकारी जग्गाको संरक्षण र भूमिको उपयोग गर्ने उद्देश्य लिएकाले सरकारले व्यक्ति वा समूहले हडपेका जग्गालाई सरकारी नाममा फिर्ता ल्याउन पहल थालेको हो ।

कानुन विपरीत वा अनियमित तरिकाले व्यक्तिका नाममा रजिष्ट्रेशन गराइएका सरकारी जग्गाको खोजी गरी कारवाही गर्न चाँडै आयोग गठन हुने भएको हो ।

विगतमा सुकुम्बासी आयोगले निर्णय गरी भूमिहीनलाई दिइएको बाहेक दुरुपयोग भएका जग्गा फिर्ता ल्याउन मन्त्रिपरिषद्ले दिएको निर्देशनबमोजिम आयोग गठनको तयारी भएको मन्त्री पद्ममाकुमारी अर्यालले बताइन् ।

मन्त्रालयमा हाल उपत्यकास्थित विभिन्न मालमोत कार्यालयबाट त्यस्ता अनियमितताका फाइल आउन थालेका छन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?