इजरायलका प्रधानमन्त्री आइसोलेसनमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १७, २०७६
|
|
१८ पटक हेरिएको
Shares
इजरायलका प्रधानमन्त्री आइसोलेसनमा

सारांश

  • १७ चैत, काठमाडौं ।
  • कोरोना भाइरसको संक्रमणमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू समेत परेका छन् ।
  • कोरोना भाइरस (कोभिड -१९) संक्रमणको आशंका देखिएपछि उनी आइसोलेसनमा बस्ने भएका छन् ।

१७ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू समेत परेका छन् । कोरोना भाइरस (कोभिड -१९) संक्रमणको आशंका देखिएपछि उनी आइसोलेसनमा बस्ने भएका छन् । सल्लाहकार रिभ्का पाउकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेतान्याहू पनि आइसोलेसन बस्ने भएका हुन् । स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार नेतान्याहूले स्वास्थ्य मन्त्रालयको निर्देशनलाई पूर्णरुपमा पालना गर्नेछन् ।

इजरायली प्रधानमन्त्री दुई हप्तासम्म आइसोलेसनमा बस्न सक्ने जानकारी दिइएको छ । पाउक गत साता संसदमा नेतान्याहूसँगै उपस्थित भएका थिए । इजरायलमा अहिलेसम्म कोरोना भाइरसको ४ हजार २४७ संक्रमित भेटिएको छ भने १५ जनाको मृत्यु भइसकेको छ ।

(https://experience.afrotech.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?