सडक बालबालिकाको व्यवस्थापन हुन्छ–अध्यक्ष ओली
सारांश
- 2018-01-26 18:30 काठमाडौं, १२ माघ ।
- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सडक बालबालिकालाई उचित शिक्षा र सुरक्षाको प्रबन्ध गर्न अब बन्ने सरकारले आवश्यक नीति निर्माण गर्ने बताउनुभएको छ ।
- यसै वर्ष रुसमा हुने सडक तथा असहाय बालबालिकाको विश्वकप फुटबलमा सहभागिता जनाउने नेपाली राष्ट्रिय टोलीले विभिन्न माग राखेर आज बिहान बुुझाएको ज्ञापनपत्र ग्रहण गर्दै अध्यक्ष ओलीले आर्थिक समृद्धिको दिशामा राष्ट्रअघि बढिरहेका बेला सडक बालबालिकालाई पनि व्यवस्थापन गर्न जरुरी रहेको बताउनुभयो ।
2018-01-26 18:30
काठमाडौं, १२ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सडक बालबालिकालाई उचित शिक्षा र सुरक्षाको प्रबन्ध गर्न अब बन्ने सरकारले आवश्यक नीति निर्माण गर्ने बताउनुभएको छ ।
यसै वर्ष रुसमा हुने सडक तथा असहाय बालबालिकाको विश्वकप फुटबलमा सहभागिता जनाउने नेपाली राष्ट्रिय टोलीले विभिन्न माग राखेर आज बिहान बुुझाएको ज्ञापनपत्र ग्रहण गर्दै अध्यक्ष ओलीले आर्थिक समृद्धिको दिशामा राष्ट्रअघि बढिरहेका बेला सडक बालबालिकालाई पनि व्यवस्थापन गर्न जरुरी रहेको बताउनुभयो ।
“सडक बालबालिकाको विश्वकपमा नेपालले सहभागिता जनाउन जानु आफैँमा खुशीको कुरा हो”, अध्यक्ष ओलीले भन्नुभयो, “यस्ता प्रतियोगिता आयोजना गर्न आवश्यक पूर्वाधार निर्माण गर्न पनि सरकारले सहयोग गर्छ ।”
ज्ञापनपत्र बुझाउँदै सडक तथा असहाय बालबालिकाका निम्ति विश्वकप फुटबलमा सहभागी हुने नेपाली टोलीका कप्तान रोशन भुजेलले विश्वकप खेलेर फर्किएपछि आफूहरुको व्यवस्थापनमा सरकारको भूमिका रहने अपेक्षा व्यक्त गर्नुभयो
ज्ञापनपत्रमा सडक, अनाथ तथा असहाय बालबालिकालाई संरक्षण र उचित शिक्षादिक्षाको प्रबन्ध गर्ने कार्यमा सरकारको ध्यान जानुपर्नेमा ज्ञापन पत्रका जोड दिइएको छ ।
संविधान निर्माणसँगै मुलुक आर्थिक समृद्धि र विकासतर्फ अघि बढिरहेको अवस्थामा सडकमा रहेका बालबालिकाको सुन्दर भविष्यका लागि ध्यान दिन आग्रह गरिएको छ ।
यसै वर्ष रुसमा हुने फिफा विश्वकपभन्दा अगाडि आगामी मे १९ देखि २७ तारिखसम्म आयोजना हुन लागेको सडक तथा असहाय बालबालिकाका निम्ति विश्वकप फुटबलमा नेपालको सहभागिता सुनिश्चित गरेको हो ।
यो विश्वकपको नारा ‘हरेक अनाथ, असहाय तथा सडक बालबालिकाले जन्मदर्ताको अधिकार पाउनुपर्छ’ रहेको छ ।
Nirmal Ayer
Yat ho time haru
Dhan Khamcha
काम गरेर देखाउनुस अनि बल्ल पत्याउछौ। मैले सुनेको, “your action speaks lauder than your voice Oli jee.” we will see your governance..
Chola Kant
Pm nahudai janta lai chutiya banauna napai ne khel ko niyam rakha oli Buda pahile.