विभिन्न अपराधिक कार्यमा संलग्न ४ जना पक्राउ !
सारांश
- कास्कि, २ जेठ ।
- जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले पोखराका विभिन्न स्थानमा भएका चोरीका कार्यमा संलग्न २ दुईजनालाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा गोरखाको मान्वु घरभई हाल पोखरा लेखनाथ महानगरपलिका ६ बस्ने वर्ष १९को दिपक घले र उदयपुर घर भई हाल कास्कीको पोखरालेखनाथ महानगरपालिका १३ चिसापानि बस्ने वर्ष ३१कि विन्दा तामाङ रहेका छन् ।
कास्कि, २ जेठ । जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले पोखराका विभिन्न स्थानमा भएका चोरीका कार्यमा संलग्न २ दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखाको मान्वु घरभई हाल पोखरा लेखनाथ महानगरपलिका ६ बस्ने वर्ष १९को दिपक घले र उदयपुर घर भई हाल कास्कीको पोखरालेखनाथ महानगरपालिका १३ चिसापानि बस्ने वर्ष ३१कि विन्दा तामाङ रहेका छन् ।
प्रहरीले घलेलाई पोखराको खहरेचोकवाट यही वैशाख ३१ गते चेकिङका क्रममा शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा निजको साथमा चोरी गरी राखेको ल्यापटप १ थान, विभिन्न कम्पनिका ०८ थान मोवाईल, चार्जर, विभिन्न मेमोरी कार्ड, पेनड्राईभ , ब्याट्री लगायतका ईलेक्ट्रोनिकस सामानहरु सहित फेला पारी नियन्त्रणमा लिईएको हो ।
त्यस्तै पोखरा कै न्यूरोडवाट विन्दु तामाङलाई समेत चोरी गरेका विभिन्न झोलाहरु सहित यही जेष्ठ ०१ गते पक्राउ गरेको छ ।
लागू औषध ब्राउनसुगर सहित दुई जना पक्राउ
यही जेष्ठ ०१ गते पोखरा लेखनाथ महानगरपालिका वडा नं। १० ईन्द्रचोकबाट लागू औषध ब्राउन सुगर सहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका १० घलेचोक बस्ने वर्ष ४० की जुना नेपाली र वडा नं। १५ बस्ने वर्ष ३० को सुवास राना रहेका छन् ।
शंकास्पद अवस्थामा हिडीरहेका उनीहरुलाई नियन्त्रणमा लिई खानतलसी गर्दा नौ ९९० पोका खैरो हेरोईन फेला परेको हो ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखी थप अनुसन्धान भईरहेकोछ ।
प्रतिक्रिया