विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नेपाल स्काउटको राहत संकलन

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ७, २०७४
|
|
२४ पटक हेरिएको
Shares
विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नेपाल स्काउटको राहत संकलन

सारांश

  • काठमाडौं ।
  • लगातारको बर्षाका कारण तराईमा बाढी र डुवानमा परेकाहरुका लागि नेपाल स्काउटले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा राहत संकलन गर्दै आएको छ ।
  • इजिलिङ्क रेमिट्यान्स, लाइन्स क्लव अफ प्याराडाइज र जापानको टोक्यो स्थित सिँयुवा सहरमा रहेको नम्मर वान ट्राभलसले पनि संयुक्तरुपमा सहयोग गरेको छ ।

काठमाडौं । लगातारको बर्षाका कारण तराईमा बाढी र डुवानमा परेकाहरुका लागि नेपाल स्काउटले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा राहत संकलन गर्दै आएको छ ।

इजिलिङ्क रेमिट्यान्स, लाइन्स क्लव अफ प्याराडाइज र जापानको टोक्यो स्थित सिँयुवा सहरमा रहेको नम्मर वान ट्राभलसले पनि संयुक्तरुपमा सहयोग गरेको छ । बाढी र डुवानमा परेकाहरुका लागि आफूले सकेको रकम सहयोग गरेको इजिलिङ्क रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डि.पी. अर्यालले बताए ।

त्यसैगरी विभिन्न विद्यालयका छात्रछात्राहरुले संकलन गरेको राहत सामाग्री पनि नेपाल स्काउटलाई हस्तान्तरण गरिएको छ । संकलित राहत सामाग्री यथासक्य छिटो पीडितलाई हस्तान्तरण गरिने नेशनल ओपन स्काउट क्रियू मुलपानीका रोभर लिडर विदुर गिरीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?