केही नगरेकोमा तलब पाउने व्यक्ति ! जसले वार्षिक १० करोड रुपैयाँभन्दा बढी कमाउँछन्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १, २०८१
|
|
१०९ पटक हेरिएको
Shares
केही नगरेकोमा तलब पाउने व्यक्ति ! जसले वार्षिक १० करोड रुपैयाँभन्दा बढी कमाउँछन्

सारांश

  • काठमाडौं।
  • जापानमा ‘डु नथिङ गाइ’ भनेर चिनिने शोजी मोरिमोटो वास्तवमा केही नगरी बस्छन् ।
  • त्, केही नगरे पनि उनले धेरै पैसा कमाउँछन् ।

काठमाडौं। जापानमा ‘डु नथिङ गाइ’ भनेर चिनिने शोजी मोरिमोटो वास्तवमा केही नगरी बस्छन् । त्, केही नगरे पनि उनले धेरै पैसा कमाउँछन् । उनको काम धेरै अनौठो छ ।

उनी मानिसहरूसँग समय बिताउँछन् । यसवापत उनले ठूलो रकम शुल्क लिन्छन् । मोरिमोटोले यस अनौठो पेशाबाट वार्षिक करिब १० करोड रुपैयाँ कमाउँछन् । उनको कामको लोकप्रियता यति बढेको छ कि मानिसहरु उनको फुर्सदको प्रतिक्षा गर्छन् ।

मोरिमोटोको काम मानिसहरूलाई भावनात्मक सहयोग प्रदान गर्ने र मानिसहरूलाई एक्लोपनबाट बाहिर ल्याउने हो । मानिसहरूले उनीसँग समय बिताउनको लागि सम्झौता गर्छन्।

उनी कहिले कसैसँग खाना खान जान्छन्, कहिले उनीहरुको नजिकै बसेर उनीहरुको कुरा सुन्छन् । उनीहरूसँग बस्दा मोरिमोटोले कुनै सल्लाह दिँदैनन्, कुनै काम गर्दैनन् र कुनै गतिविधिमा भाग लिँदैनन् । मानिसहरूका लागि उहाँको उपस्थिति नै पर्याप्त हुन्छ ।

मोरिमोटोका अनुसार उनको काम केही नगर्नु हो । उनको अद्वितीय सेवाले उनलाई जापानमा एक अद्वितीय र प्रसिद्ध व्यक्ति बनाएको छ । सामाजिक सञ्जालमा पनि उनको चर्चा छ र उनको यो अनौठो कामलाई मानिसहरुले निकै रुचाएका छन् ।

उनले सबै प्रस्ताव स्वीकार गर्दैनन् । उनले धेरै प्रस्ताव अस्वीकार गर्छन् । उनी आफ्ना ग्राहकहरूसँग शारीरिक सम्बन्ध राख्न अस्वीकार गर्छन्। उनी पप कन्सर्टहरूमा जान पनि अस्वीकार गर्छन् किनभने उनी संगीतको बारेमा धेरै जान्दैनन्।

जापानमा एक्लोपन एक समस्या हो। एक रिपोर्टका अनुसार जापानमा पछिल्लो १ वर्षमा करिब ४० हजार मानिस घरमै एक्लै मरेका छन् । जीवनको अन्तिम घडीमा उनीहरूलाई साथ दिने कोही थिएन ।

अर्को रिपोर्टले करिब ४ हजार मानिसको शव मृत्यु भएको एक महिनापछि मात्रै फेला पारेको जनाएको छ । संयुक्त राष्ट्रसंघले जापानमा सबैभन्दा बढी वृद्धवृद्धा रहेको जनाएको छ । त्यहाँ एक्लोपन एक गम्भीर समस्या हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठूलो मात्रामा विष्फोटक पदार्थसहित विप्लव समूहका केन्द्रीय सदस्यसहित २१ जना पक्राउ
ठूलो मात्रामा विष्फोटक पदार्थसहित विप्लव समूहका केन्द्रीय सदस्यसहित २१ जना पक्राउ
९६ स्थानीय तहको मत परिणाम सार्वजनिक कांग्रेस पहिलाे, एमाले दाेस्राे
९६ स्थानीय तहको मत परिणाम सार्वजनिक कांग्रेस पहिलाे, एमाले दाेस्राे
Province social development ministers come up with collective promises to end inhuman practices
Province social development ministers come up with collective promises to end inhuman practices
देवघाटलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय स्थल बनाउन सकिने : प्रचण्ड
देवघाटलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय स्थल बनाउन सकिने : प्रचण्ड
नयाँ शक्ति पार्टी नेपालका पुर्व संयोजक मृत भेटिए
नयाँ शक्ति पार्टी नेपालका पुर्व संयोजक मृत भेटिए
एसपीपी कार्यक्रम कुनै पनि हालतमा अघि बढ्दैन : परराष्ट्रमन्त्री खड्का
एसपीपी कार्यक्रम कुनै पनि हालतमा अघि बढ्दैन : परराष्ट्रमन्त्री खड्का
नुवाकोटका आधा भूकम्पप्रभावित अनुदान पाउनबाट वञ्चित
नुवाकोटका आधा भूकम्पप्रभावित अनुदान पाउनबाट वञ्चित
स्वतन्त्र सांसद हत्या प्रकरण: यसरि भएकाे रहेछ हत्या
स्वतन्त्र सांसद हत्या प्रकरण: यसरि भएकाे रहेछ हत्या
आठ महिनामा एक खर्ब १४ अर्ब वैदेशिक ऋणको प्रतिबद्धता
आठ महिनामा एक खर्ब १४ अर्ब वैदेशिक ऋणको प्रतिबद्धता
राप्रपा,जनमत र लोसपालाई पनि सरकारमा लैजाने गृहकार्यमा काँग्रेस-एमाले
राप्रपा,जनमत र लोसपालाई पनि सरकारमा लैजाने गृहकार्यमा काँग्रेस-एमाले

तपाईंले छुटाउनुभयो कि?