क्रिष्टियानो रोनाल्डोमाथि बलात्कारकाे अाराेप!

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १५, २०७५
|
|
३७ पटक हेरिएको
Shares
क्रिष्टियानो रोनाल्डोमाथि बलात्कारकाे अाराेप!

सारांश

  • स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि एक अमेरिकी महिलाले बलात्कारको आरोप लगाएको सम्बन्धी खबर रोनाल्डोले खारेज गरेका छन् ।
  • एक अमेरिकी महिलाले आफूलाई पोर्चुगिज फुटबलर रोनाल्डोले सन् २००९ मा बलात्कार गरेको आरोप लगाएको सम्बन्धी खबर आएको थियो ।
  • आफूमाथि लागेको आरोप गम्भीर र पूर्ण रुपमा कपोलकल्पित रहेको भन्दै रोनाल्डोले यस सम्बन्धी समाचार ‘फेक’ भएको भन्दै खण्डन गरेका हुन् ।

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि एक अमेरिकी महिलाले बलात्कारको आरोप लगाएको सम्बन्धी खबर रोनाल्डोले खारेज गरेका छन् । एक अमेरिकी महिलाले आफूलाई पोर्चुगिज फुटबलर रोनाल्डोले सन् २००९ मा बलात्कार गरेको आरोप लगाएको सम्बन्धी खबर आएको थियो ।आफूमाथि लागेको आरोप गम्भीर र पूर्ण रुपमा कपोलकल्पित रहेको भन्दै रोनाल्डोले यस सम्बन्धी समाचार ‘फेक’ भएको भन्दै खण्डन गरेका हुन् ।

रोनाल्डोले इन्स्टाग्राममा भिडियो पोस्ट गरेर खबरको खण्डन तथा आफूमाथि लागेको आरोप बारे बोलेका हुन् । इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा रोनाल्डोले भनेका छन्, ‘उनीहरु मेरो नाम प्रयोग गरेर आफ्नो प्रमोट गर्न चाहन्छन् । यो सामान्य हो ।’
रोनाल्डोका वकिलले आरोप सम्बन्धी झुठो खबर पहिलो पटक प्रकाशित गर्ने जर्मन म्यागजिन डेर स्पिइगल विरुद्ध मुद्दा दायर गर्ने तयारी भइरहेको बताएका छन् । म्यागजिनले अमेरिकी महिला क्याथरिन मायोर्गाले लस भेगासमा रहेको होटलको कोठामा रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएको भन्दै खबर छापेको थियो । ३४ वर्षकी ती महिलाले घटना लगत्तै लस भेगास प्रहरीमा उजुरी दिएको र सन् २०१० मा रोनाल्डोसँग कुरा मिलेको र अदालत जानु नपरेको खबरमा उल्लेख गरिएको छ ।

रोनाल्डोसँग घटना सार्वजनिक नगर्ने गरी तीन लाख ७५ हजार अमेरिकी डलरको सम्झौता भएको खबरमा उल्लेख गरिएको छ । तर ती महिलाको वकिलले अहिले आएर सार्वजनिक नहुने सम्बन्धी सम्झौता प्रभाव हिन बनाउने तरिका खोजिरहेका छन् । रोनाल्डोका वकिल क्रिष्टियन शेर्ट्जले स्पिइगलमा छापिएको खबर गैरकानुनी र गम्भीर रहेको बताएका छन् । खबरका कारण रोनाल्डोको नैतिकतामाथि भएको असरको क्षतिपूर्तिको दाबीसहित मुद्दाको तयारीमा रहेको बताएका छन् ।

यो आरोप पछिल्ला वर्षमा व्यक्तिगत अधिकारमाथिको सबैभन्दा ठूलो प्रहार वा उल्लंघन रहेको रोनाल्डोका वकिलले बताएका छन् । रोनाल्डो अहिले इटालियन क्लब युभेन्टसबाट खेल्दै आएका छन् । रोनाल्डो विश्वका सर्वोत्कृष्ट फुटबलरका रुपमा लिइन्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्पत्ति विवरण नबुझाउने १७ हजार नेता तथा कर्मचारी कारवाहीमा
सम्पत्ति विवरण नबुझाउने १७ हजार नेता तथा कर्मचारी कारवाहीमा
सरकार गठनसँगै शेयर बजार उकालोतर्फ
सरकार गठनसँगै शेयर बजार उकालोतर्फ
उपेन्द्र यादवलाई लिएर दुई तिहाई बनाउने ओलीको तयारी
उपेन्द्र यादवलाई लिएर दुई तिहाई बनाउने ओलीको तयारी
रोनिश र आयुष्माले चुमे ‘मोडल हन्ट नेपाल २०२३’ उपाधि
रोनिश र आयुष्माले चुमे ‘मोडल हन्ट नेपाल २०२३’ उपाधि
नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा,मिडियाकर्मीले लोकतन्त्र र गणतन्त्रका लागि  उल्लेख्य योगदान रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा,मिडियाकर्मीले लोकतन्त्र र गणतन्त्रका लागि उल्लेख्य योगदान रहेको बताउनुभयो ।
जबरजस्ती करणीका फरार अभियुक्त मृत फेला
जबरजस्ती करणीका फरार अभियुक्त मृत फेला
प्रथम विश्व युद्धको अन्त्यको स्मरण गरिदै, विश्व नेताहरु सहभागि हुँदै
प्रथम विश्व युद्धको अन्त्यको स्मरण गरिदै, विश्व नेताहरु सहभागि हुँदै
मन्त्री भएको ६ महिनामा के के गरे ऊर्जामन्त्री पुनले ?
मन्त्री भएको ६ महिनामा के के गरे ऊर्जामन्त्री पुनले ?
मन्त्रीहरुको ज्वरो नापेर मात्र सिंहदरबार प्रवेश
मन्त्रीहरुको ज्वरो नापेर मात्र सिंहदरबार प्रवेश
उम्मेदवारी फिर्ता लिदै निरज आचार्यले भने– केपी ओलीले दिएको टिकट उनैलाई फिर्ता
उम्मेदवारी फिर्ता लिदै निरज आचार्यले भने– केपी ओलीले दिएको टिकट उनैलाई फिर्ता

तपाईंले छुटाउनुभयो कि?