भोली ‘स्याक्समाण्डु’मा गुन्जिदै शुभबहादुर

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १, २०७६
|
|
३७ पटक हेरिएको
Shares
भोली ‘स्याक्समाण्डु’मा गुन्जिदै शुभबहादुर

सारांश

  • चर्चित स्याक्सोफोनवादक तथा संगीतकार शुभबहादुर सुनामको एकल सांगीतिक प्रस्तुति हुने भएको छ ।
  • सांस्कृतिक संस्थानको आयोजनामा हुन लागेको स्याक्समाण्डु शिर्षकमा हुन लागेको कार्यक्रममा सुनामले चर्चित गीतहरुमा स्याक्साफोन वादन गर्ने छन् ।
  • कार्यक्रम भोली साँझ ५ बजे राष्ट्रिय नाँचघर, जमलमा हुँदैछ ।

चर्चित स्याक्सोफोनवादक तथा संगीतकार शुभबहादुर सुनामको एकल सांगीतिक प्रस्तुति हुने भएको छ । सांस्कृतिक संस्थानको आयोजनामा हुन लागेको स्याक्समाण्डु शिर्षकमा हुन लागेको कार्यक्रममा सुनामले चर्चित गीतहरुमा स्याक्साफोन वादन गर्ने छन् । कार्यक्रम भोली साँझ ५ बजे राष्ट्रिय नाँचघर, जमलमा हुँदैछ । कार्यक्रममा उनलाई अमूल कार्की लगायतका चर्चित वाद्यवादकले साथ दिने सांस्कृतिक संस्थाका महाप्रवन्धक राजेश थापाले बताए । कार्यक्रममा सुभन लिम्बु, रोमिन सुनाम, मदन सिंह नेपाली लगायतका कलाकारले गायन प्रस्तुत गर्नेछन् । कुशलवाद्यवादकको परिचय बनाएका शुभबहादुर २००५ पुस २१ गते काठमाडौैँको क्षेत्रपाटीमा जन्मिएका हुन् । सुनामको परिवारका अधिकांस संगीत क्षेत्रमा आवद्ध छन् । सैनिक ब्याण्डमा समेत आवद्ध भएका सुनाम जर्नेल पदबाट अवकाश प्राप्त बाद्यवादक हुन् ।

यो पनि पढ्नुस
निर्देशक चाम्स र गौतमले मिलेमतोमा स्क्याण्डल मच्चाएको प्रहरीको आशंका

एउटा चलचित्र बनाउँछ, अर्को विवादास्पद समिक्षा गर्छ । समिक्षाको विषयलाई उठाएर प्रहरी हिरासतसम्म पु¥याउँछ । चलचित्र र समिक्षक दुवै चर्चामा पुग्छन् । प्रहरी विवादमा तानिन्छ । अहिले विरविक्रम–२ सँग जोडिएर प्रनेश गौतम र मिलन चाम्सको नाटक यसरी नै चलिरहेको छ ।प्रहरीलाई उल्लु बनाउने गरी चलचित्रकर्मीले नाटक मञ्चन गरेको तथ्य खुल्दै गएको छ । चलचित्र विरविक्रम २ का निर्देशक मिलन चाम्स राई र समिक्षक समेत रहेका चलचित्रकर्मी प्रनेश गौतमले नाटक मञ्चन गरेर चर्चा बटुलेका छन् । प्रनेशको समर्थनमा सामाजिक सञ्जालमा आवाज उठ्न थालेपछि प्रहरीले हाजीरी जमानतमा छाडेको छ । उनीमाथि अनुसन्धान जारी रहेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

साइबर क्राइममा उजूरी परेपछि नियन्त्रणमा लिइएका गौतममाथि मात्र नभई चाम्समाथि समेत अनुसन्धानकको सुई घुमेको छ ।

चलचित्र वीरविक्रम–२ बन्दै गर्दा प्रनेशले प्रचार प्रसारको जिम्मा मागेको र आफूहरुले नदिएपछि बदनाम गर्दै हिंडेको आरोप मिलन चाम्सको थियो । चलचित्र बदनाम गर्ने गरी भिडियो समेत बनाएर नियोजित रुपमा डुबाउन लागिपरेको भन्दै साइबर क्राइमको उजूरी हाल्न पुगेका थिए चाम्स ।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि प्रनेशलाई नियन्त्रणमा लियो । चलचित्रको समिक्षालाई लिएर नियन्त्रणमा लिएको भन्दै सर्वत्र विरोध भयो । चाम्सले शक्तिको दुरुपयोग गरेको आरोप लाग्यो ।

विवाद यसरी चर्कियो कि चलचित्र वीरविक्रम–२ ले व्यापक प्रचारप्रसार पायो । प्रचासप्रसारको जिम्मा माग्ने प्रनेशले नपाएपनि उनैका कारण यति ठूलो चर्चा भयो ।

मिलन चाम्स पनि चर्चामा आए । प्रनेशको पनि चर्चा चुलियो । चर्चाबाट लाभ लिने क्षेत्रका दुवैलाई लाभ पुग्यो । नेपाल प्रहरी यो घटनामा कतै प्रयोग त भएन ? यसबारे प्रहरीमै चिन्तन हुन थालेको बुझिएको छ । मिलन र प्रनेश मिलेर प्रहरीलाई जोक्कर बनाएको त होइनन् ? अनुसन्धान यो कोणबाट बढेमा नयाँ तथ्य भेटिने सम्भावना देखिदैछ । प्रहरीले अनुसन्धानको कोण समेत बदलेको विश्वस्त स्रोतले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिसी क्यामरा प्रभावकारी बन्दै :नौ हजार चालक कारवाहीमा
सिसी क्यामरा प्रभावकारी बन्दै :नौ हजार चालक कारवाहीमा
नारायणगढ–बुटवल सडकमा १५ पुल अन्तिम चरणमा
नारायणगढ–बुटवल सडकमा १५ पुल अन्तिम चरणमा
लोकमानलाई आफैं उपस्थित भई जवाफ दिन सर्वोच्चको आदेश !!!
लोकमानलाई आफैं उपस्थित भई जवाफ दिन सर्वोच्चको आदेश !!!
कांग्रेस सभापति देउवाविरुद्धको रिट दर्ता गर्न अस्वीकार
कांग्रेस सभापति देउवाविरुद्धको रिट दर्ता गर्न अस्वीकार
भेट र पृथकता (कबिता)
भेट र पृथकता (कबिता)
विश्वकप २०२६ को दोस्रो सेमिफाइनल: पुराना प्रतिद्वन्द्वी अर्जेन्टिना र इङ्ग्ल्यान्ड भिड्दै, विजेताले फाइनलमा स्पेनको सामना
विश्वकप २०२६ को दोस्रो सेमिफाइनल: पुराना प्रतिद्वन्द्वी अर्जेन्टिना र इङ्ग्ल्यान्ड भिड्दै, विजेताले फाइनलमा स्पेनको सामना
विमान दुर्घटनामा २२ नेपालीको निधन, सबैको ठेगाना पहिचान (सूचीसहित)
‘अमेरिकाले आफ्ना वाचाहरु पूरा गर्नेछ’
‘अमेरिकाले आफ्ना वाचाहरु पूरा गर्नेछ’
‘शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर’
‘शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर’
परिणाम देखिने गरी काम गर्न प्रधानमन्त्रीकाे मन्त्रीहरुलाई चेतावनी
परिणाम देखिने गरी काम गर्न प्रधानमन्त्रीकाे मन्त्रीहरुलाई चेतावनी