धावन मार्ग पर्याप्त नहुँदा विमान अवतरण गराउन समस्या

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
३६ पटक हेरिएको
Shares
धावन मार्ग पर्याप्त नहुँदा विमान अवतरण गराउन समस्या

सारांश

  • चितवन, २५ वैशाख , भरतपुर विमानस्थलको धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या भएको छ ।
  • विसं २०१८ मा निर्माण गरिएको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ ।
  • विमानस्थलको विस्तार हुन नसक्दा समस्या भएको छ ।

चितवन, २५ वैशाख , भरतपुर विमानस्थलको धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या भएको छ ।

विसं २०१८ मा निर्माण गरिएको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ । विमानस्थलको विस्तार हुन नसक्दा समस्या भएको छ ।

यात्रुको चाप बढ्दै जाँदा धावनमार्गका कारण विमान कम्पनीले ठूला विमान यहाँ अवतरण गर्न सकेका छैनन् । थोरै यात्रु क्षमताका विमानमा यात्रा गर्नुपर्दा यात्रीले महँगो भाडा तिर्नु परेको छ । उनीहरुले समयमा टिकट नपाउने समस्या समेत झेल्दै आएका छन् ।

धावन मार्गको पूर्वतर्फ मापदण्ड विपरीतका संरचना निर्माण भएका कारण हाल रहेको धावनमार्गको पूरै प्रयोग गर्न विमान चालकले सकिरहेका छैनन् । एक हजार २०० मिटर लामो धावनमार्गमा एक हजार मिटरमात्रै प्रयोग गर्नुपर्ने बाध्यता रहेको चालकले बताएका छन् ।

यति एयरलाइन्स भरतपुरका प्रबन्धक राजेश सिंह कम्पनीको ३० सिट क्षमताको जेटस्टिम विमानले धावन मार्ग छोटो भएका कारण २३ जनासम्म यात्रु बोक्दै आएको बताउनुहुन्छ । अहिले प्रयोग भइरहेको धावन मार्गको अवतरण क्षेत्रमा बनाइएका संरचनाका कारण पूरै धावन मार्गको प्रयोग हुन नसक्दा समस्या भएको उहाँको भनाइ छ ।

“विमान कम्पनीलाई नोक्सान हुँदै आएको छ । साना विमानमा थोरै यात्रु बोक्नु पर्दा धेरै उडान गर्नुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो ।

बुद्ध एयरलाइन्स भरतपुरका प्रबन्धक भक्त बस्नेतले धावन मार्ग छोटो हुनु र विमान अवतरण क्षेत्रमा मापदण्ड विपरीतका संरचनाका कारण क्षमताअनुसारको यात्रु बोक्न समस्या हुने गरेको बताउनुभयो । “उच्च तापक्रम र पर्याप्त धावन मार्गको अभावमा क्षमताअनुसारको यात्रु बोक्न कठिन भएको छ,” उहाँले भन्नुभयो ।

बुद्ध एयरलाइन्सले ४७ सिट क्षमताको एटिआर ४२ मार्फत उडान गर्दै आएको छ । ठूला जहाज अवतरण नहुँदा एक दिनमा ११ वटासम्म उडान गर्नुपर्ने बाध्यता रहेको बस्नेतको भनाइ छ । ठूला जहाज अवतरण गर्न सकिएमा थोरै उडानले सस्तो भाडादरमा सेवा दिन सकिने उहाँ बताउनुहुन्छ ।

काठमाडौँबाट ५० नटिकल माइल दूरीमा रहेको भरतपुर विमानस्थलमा उडान भर्दा यात्रुले रु तीन हजार ६०० भाडा तिर्न बाध्य छन् । बढ्दो शहरीकरण, हवाईचापमा वृद्धि र पर्याप्त जग्गाको अभावका कारण विमानस्थल साँघुरो बन्दै गएको भरतपुर विमानस्थल कार्यालयका प्रमुख पवनकुमार गौतमले बताउनुभयो । विसं २०१५ देखि सेवा शुरु गरिए पनि विधिवत् रुपमा २०१८ सालमा तत्कालीन हवाई सेवा विभागअन्तर्गत भरतपुर हवाई कार्यालय स्थापना भएको हो ।

विमानस्थल साँघुरो बन्दै गएपछि क्षेत्र बढाउन प्रयास भएपनि विस्तारका लागि प्रभावकारी पहल हुन सकेको छैन । विमानस्थल नजिकै नेपाली सेनाको घोडा फार्म रहेको क्षेत्रको माग गरिएपनि सेनाले अनुमति नदिएको गौतमको भनाइ छ । विसं २०७२ मा सेनासँग जग्गा माग गर्दै पत्र पठाएपनि दिन नसक्ने जानकारी गराएको उहाँले बताउनुभयो ।

विमानस्थलको क्षेत्र बढाउन सेनाको घोडा प्रजनन केन्द्र रहेको ब्यारेक उपयुक्त मानिएको छ । सेनाले शहरबाट २५ किलोमिटर टाढा विमानस्थल राख्न सके राम्रो हुने तर्क राख्दै आफूले प्रयोग गर्दै आएको जमिन दिन नसक्ने जवाफ दिएको गौतमले बताउनुभयो ।

सेनासँग सो ठाउँमा करीब २३ बिगाहा जमिन छ । सेनाले ठाउँ दिएमा ४०० मिटर धावन मार्ग विस्तार गर्न सकिने गौतम बताउनुहुन्छ । धावन मार्ग विस्तारपछि ७५ सिट क्षमताका विमान अवतरण गराउन सकिने छ । भरतपुर विमानस्थलबाट एकतर्फी रुपमा दैनिक औसतमा ५०० यात्रुले यात्रा गर्दै आएका छन । बुद्ध एयर, यति एयर र सिम्रिक एयरले नियमित उडान भर्दै आएका छन् । यतिको जेट स्ट्रिम र बुद्ध एयरको बीचक्राफ्ट, एटिआर–४२ जस्ता आधुनिक विमानले उडान भर्ने गरेको विमानस्थलका प्रबन्धक गौतमले बताउनुभयो ।

बैसट्ठी बिगाहा क्षेत्रफलमा रहेको उक्त विमानस्थल वरपर मापदण्डविपरीत अग्ला घर हुनु र क्षेत्र विस्तारका लागि पर्याप्त जग्गा नभएकाले समस्या बढ्दै गएको छ । सानो जहाजलाई लक्ष्य गरी बनाइएको विमानस्थलमा विस्तारै मझौला जहाज आउने क्रम बढेको छ । विमानस्थललाई फराकिलो बनाउन पहल नगरे सुरक्षा खतरा निम्तिने गौतमको भनाइ छ ।

अग्ला घरका रकाण विमान अवतरण र उडान प्रभावित हुँदै आएको छ । अग्ला घरकै कारण विमानले पूरा धावनमार्ग प्रयोग गर्न पाएका छैनन् । धावनमार्ग २०० मिटर छोडेर विमान अवतरण गरिँदै आएको छ । साना जहाजलाई उडान र अवतरणमा ६०० देखि ८०० मिटर धावनमार्ग भए पुग्छ । ठूला जहाजलाई भने एक हजार ४०० मिटर जरुरी पर्छ । हाल धावन मार्गको लम्बाई एक हजार २०० मिटर मात्र छ । हुस्सु लागेका बेला अग्ला घरका कारण विमान अवतरण र उडानमा समस्या हुने गरेको छ ।

भरतपुर विमानस्थलको धानवमार्ग विस्तार गरी ठूला विमान अवतरण हुन सकेमा यहाँका यात्रुले सहज र सस्तो मूल्यमा यात्रा गर्न पाउने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीलाई प्रचण्ड नम्बर एक अपराधी हो, सिध्याउनुपर्छ भन्ने लागेको छ;दाहाल
ओलीलाई प्रचण्ड नम्बर एक अपराधी हो, सिध्याउनुपर्छ भन्ने लागेको छ;दाहाल
नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने
नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने
कृषि क्षेत्रको अनुदान कटौतीप्रति सांसदले गराए ध्यानाकर्षण
कृषि क्षेत्रको अनुदान कटौतीप्रति सांसदले गराए ध्यानाकर्षण
एसियाडः ८५ मिनेटकाे खेल सकिँदा पाकिस्तान हावी
एसियाडः ८५ मिनेटकाे खेल सकिँदा पाकिस्तान हावी
Breaking : सिनामंगलमा भयानक दुर्घटना, एकको घटनास्थलमै मृत्यु
Breaking : सिनामंगलमा भयानक दुर्घटना, एकको घटनास्थलमै मृत्यु
कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित्, अर्को बैठक माघ २८ गते
कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित्, अर्को बैठक माघ २८ गते
जसपाको विधान अधिवेशन प्रचारप्रसार उपसमिति गठन
जसपाको विधान अधिवेशन प्रचारप्रसार उपसमिति गठन
गण्डकीका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त
गण्डकीका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त
एकीकृत पार्टीमा कहिले ओली, कहिले प्रचण्ड एक नम्बर नेता !
एकीकृत पार्टीमा कहिले ओली, कहिले प्रचण्ड एक नम्बर नेता !
जुवाडेको कथा, काङ्ग्रेसको मति र मध्यावधीको राग
जुवाडेको कथा, काङ्ग्रेसको मति र मध्यावधीको राग

तपाईंले छुटाउनुभयो कि?