गणेश लामा जेल चलान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २७, २०७४
|
|
२६ पटक हेरिएको
Shares
गणेश लामा जेल चलान

सारांश

  • काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्।
  • लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए।
  • जिल्ला प्रशासन कार्यालय काठमाडौँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई डिल्लीबजार कारागारमा चलान गरेको छ।

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई डिल्लीबजार कारागारमा चलान गरेको छ।

परिसरका प्रवक्ता मोहन थापाले लामालाई अनुसन्धानपछि जिल्ला प्रशासन कार्यालयले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेअनुसार डिल्लीबजार कारागार पठाइएको जानकारी दिए। दिनुभयो।

लामालाई दुई पटकसम्म म्याद थप गरी अनुसन्धान गरिएको थियो । हातहतियार तथा खरखजना ऐनअन्तर्गत ६ महिनादेखि एक वर्षसम्म कैद तथा रु ६० हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

लामामाथि विसं २०६६ असार, २०६७ कात्तिक, २०६८ साउन र २०७० चैतमा काठमाडौँ परिसरमा मुद्दा दायर भए पनि उनीलाई गत माघमा अदालतले सफाइ दिएको थियो। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bomjan Bomjan

    Very good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?