घुस असुल्दै आएका यी एसपी साव !
सारांश
- काठमाडौं, ३० असार।
- सिन्धुलीका प्रहरी प्रमुख एसपी रामेश्वर प्रसाद यादबले घुस असुल्दै आएको छानबिनमा खुलेको छ ।
- प्रहरी प्रधान कार्यालयले गरेको छानबिनमा उनले घुस असुलेको खुलेको हो।
काठमाडौं, ३० असार। सिन्धुलीका प्रहरी प्रमुख एसपी रामेश्वर प्रसाद यादबले घुस असुल्दै आएको छानबिनमा खुलेको छ ।
प्रहरी प्रधान कार्यालयले गरेको छानबिनमा उनले घुस असुलेको खुलेको हो। प्रहरी प्रधान कार्यालयले उनलाई सरुवाको तयारी गरेको छ।
बिपी राजमार्गमा उनले अवैध रुपमा चल्ने सवारी साधनसँग राजमार्गमै प्रहरी खटाएर पैसा उठाउने गरेको खुलेको छ।
दुर्घटनाको जोखिमका कारण सरकारले बिपी राजमार्गमा ठूला सवारी साधन चलाउन नदिने निर्णय गरेको छ। तर,प्रहरीको मिलेमतोमा राजमार्गमा ठूला सवारी साधन सञ्चालन भइरहेको छ। राजमार्गमा ठूला सवारी साधन सञ्चालन गर्दा हरेक पटक उनीहरुले सडकमै प्रहरीलाई पैसा बुझाउने गरेका छन्। यातायात व्यवसायीहरुको एसपी यादबसँगकै सेटिङअनुसार यसरी पैसाको लेनदेन हुने गरेको हो।
सोही सूचनाका आधारमा प्रहरी महानिरीक्षकको सचिवालयबाट छानबिनका लागि सिन्धुलीमा टोली खटाइएको थियो। छानबिनको क्रममा गाडीसँग पैसा उठाउन राजमार्गमा झोलासहित प्रहरी खटाएको प्रमाण टोलीले फेला पारेको छ।
छानबिनको क्रममा एसपी यादबले राजमार्गमा पैसा उठाउनेदेखि मुद्दाको अनुसन्धानमा समेत चलखेल गरेका प्रमाणहरु भेटिएको छ। स्रोतका अनुसार स्थलगत रुपमा गएको टोलीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई केही दिनअघि प्रतिवेदन बुझाइसकेको छ। तर, यादबले आफ्नो सरुवा रोक्न नेताहरुमार्फत दबाब दिइरहेका छन्। नेतालाई पैसा बुझाएर उनी सिन्धुली गएका थिए।
Sunil Love Ratna
Don ra netale liye chanda police le khaye ghus??????