ओलीलाई माधव नेपालको अन्तिम प्रस्ताव ः ‘२०७५ जेठ २ गते फर्किए विश्वासको मत दिन्छौं, नत्र सामूहिक राजीनामा’

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २२, २०७८
|
|
२६ पटक हेरिएको
Shares
ओलीलाई माधव नेपालको अन्तिम प्रस्ताव ः ‘२०७५ जेठ २ गते फर्किए विश्वासको मत दिन्छौं, नत्र सामूहिक राजीनामा’

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएका छन् ।
  • प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेसँगै एमालेभित्रको विवादको पनि अब छिनोफानो हुने भएको छ ।
  • उक्त दिन माधव नेपाल पक्षधरले ओलीलाई विश्वासको मत दिन्छ कि दिँदै भन्ने विषयमा यतिवेला चर्चा भैरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेसँगै एमालेभित्रको विवादको पनि अब छिनोफानो हुने भएको छ । उक्त दिन माधव नेपाल पक्षधरले ओलीलाई विश्वासको मत दिन्छ कि दिँदै भन्ने विषयमा यतिवेला चर्चा भैरहेको छ । माधव नेपाल पक्षले कुनैपनि हालतमा ओलीलाई विश्वासको मत नदिने बताईसकेको छ । यदि ओलीलाई आफूहरुको साथ चाहिएको हो भने उनी २०७५ जेठ २ गते फर्किनुपर्ने माधव नेपालको अडान छ ।

माधव नेपालनिकट सांसद सोमप्रसाद पाण्डेकाअनुसार नेपाल पक्षले आजमात्रै प्रधानमन्त्रीलाई एउटा प्रस्ताव पठाएको छ । उनकाअनुसार यदि अध्यक्ष ओली २०७५ जेठ २ गते फर्किए भने उनलाई विश्वासको मत दिन सकिने प्रस्तावमा उल्लेख गरिएको छ । उनले भने,‘हामीले त पार्टी एकता बचाउनको लागि नै प्रयन्त गरिराखेको हो नि । यदि अध्यक्ष २०७५ जेठ २ गते फर्किनु भयो भने हामी उहाँलाई विश्वासको मत दिन्छौं ।’

यसपटक कर्णालीमा जस्तो फ्लोर क्रस नगर्ने नेपाल पक्षको योजना छ । ओलीले पार्टी एकता चाहेको भने अब २०७५ जेठ २ गतेमा फर्किनुपर्ने माधव नेपालको अडान छ । उनले आफूनिकट सांसदहरुसँग भन्ने गरेका छन्– अब कुरा क्लियर कट हुनुपर्यो । उहाँले मिलेर जाऔं भन्न चाहेको हो भने पार्टीलाई २०७५ जेठ २ मा फर्काउनुपर्छ, त्यसको विकल्प ैन् । होईन, उहाँ फर्किन मान्नुभएन भने हामी विश्वासको मत लिनुभन्दा अघि नै सामूहिक राजीनामा दिन तयार हुनुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेलैमा नसोचे धर्मका नाममा द्वन्द्वको खतरा : पूर्व राष्ट्रपति यादव
बेलैमा नसोचे धर्मका नाममा द्वन्द्वको खतरा : पूर्व राष्ट्रपति यादव
सुडान: सैन्य विमान दुर्घटनाग्रस्त, कम्तिमा १८ जनाको मृत्यु
सुडान: सैन्य विमान दुर्घटनाग्रस्त, कम्तिमा १८ जनाको मृत्यु
एनसेलका पे एज यु गो प्रयोगकर्तालाई डेटा बोनस
एनसेलका पे एज यु गो प्रयोगकर्तालाई डेटा बोनस
नक्शाको विषय सुल्झिएपछि मात्र भारतले सीमाबारे कुरा गर्ने
नक्शाको विषय सुल्झिएपछि मात्र भारतले सीमाबारे कुरा गर्ने
प्रेस चाैतारीले चयन गर्‍याे प्रदेश कमिटी, कुन प्रदेशमा काे अध्यक्ष ?
प्रेस चाैतारीले चयन गर्‍याे प्रदेश कमिटी, कुन प्रदेशमा काे अध्यक्ष ?
राष्ट्रियस्तरको दोहोरीगीतमा काठमाडौँ कलाकार समाज प्रथम
राष्ट्रियस्तरको दोहोरीगीतमा काठमाडौँ कलाकार समाज प्रथम
नर्भिक अस्पतालमा शोकाकुल आफन्तको घुईंचो
नर्भिक अस्पतालमा शोकाकुल आफन्तको घुईंचो
उत्साहजनक सहभागितामा बेगनासको सफाई
उत्साहजनक सहभागितामा बेगनासको सफाई
ललितपुर मेयर कप महिला क्रिकेट : आयोजकसामु १११ रनको लक्ष्य
ललितपुर मेयर कप महिला क्रिकेट : आयोजकसामु १११ रनको लक्ष्य
उत्तर कोरियाद्धारा क्षेप्यास्त्र परिक्षण, युद्धविमानसमेत उडाएर युद्धका निम्ति तम्तयार रहेको सन्देश
उत्तर कोरियाद्धारा क्षेप्यास्त्र परिक्षण, युद्धविमानसमेत उडाएर युद्धका निम्ति तम्तयार रहेको सन्देश

तपाईंले छुटाउनुभयो कि?