बट्टाईको अण्डा खाँदा फाइदै-फाइदा
सारांश
- संसारभर नै अण्डा खाने प्रचलन रहेको छ ।
- विभिन्न पक्षीहरुको अण्डालाई उसिनेर वा विभिन्न परिकार बनाएर खाने गरिएको छ ।
- यी मध्ये संसारभर सबैभन्दा धेरै चाँहि कुखुराकै अण्डा खाने गरिन्छ ।
संसारभर नै अण्डा खाने प्रचलन रहेको छ । विभिन्न पक्षीहरुको अण्डालाई उसिनेर वा विभिन्न परिकार बनाएर खाने गरिएको छ । यी मध्ये संसारभर सबैभन्दा धेरै चाँहि कुखुराकै अण्डा खाने गरिन्छ । आज हामी बट्टाईको अण्डा खाँदा हुने फाइदाहरुको बारेका कुरा गर्दैछौँ ।
यस्ता छन् फाइदाहरुः
बट्टाईको अण्डामा पोषण तत्व एकदमै बढि हुन्छ । बट्टाईको अण्डामा भिटामिन ए, बी, डी र बी १२, लुटिन तथा जिएजेनथीन अधिकमात्रामा हुन्छ । यी भिटामिन आँखाका लागि एकदमै लाभदायक मानिन्छ ।
बट्टाईको अण्डा खाँदा दम, निमोनिया, रुखाखोकी र ग्याष्ट्रिक नियन्त्रण गर्न सकिने विज्ञहरु बताउँछन् ।
बट्टाईको अण्डा सुगर र ब्लड प्रेशरका लागि रोगीका लागि पनि फाइदाजनक हुन्छ ।
शरिरमा रहेको अनावश्यक टक्सिन निकाल्न पनि बट्टाईको अण्डा लाभदायक रहेको छ ।
बट्टाइको अण्डाले मृगौला, कलेजो र गलब्लाडर स्वस्थ राख्न मद्दत गर्छ ।
हड्डी मजवुत बनाउन, छालालाई एलर्जीबाट बचाउँन, रगत शुद्धिकरण र हेमोग्लोविनको मात्रा बढाउन पनि बट्टाईको अण्डा सेवन गर्नु फाइदाजनक छ ।
बालबालिकाको शारिरिक वृद्धिमा, स्मरण शक्ति बढाउन, रोगविरुद्ध लड्न सक्ने क्षमताको विकास गर्न र चोटपटक चाँडो निको पार्न पनि बट्टाईको अण्डा खानु फाइदाजनक हुन्छ ।
प्रतिक्रिया