विवाह गर्न नमानेपछि डाक्टरकै घरमा गएर आत्महत्या गरिन् नर्सले

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १७, २०८०
|
|
१४ पटक हेरिएको
Shares
विवाह गर्न नमानेपछि डाक्टरकै घरमा गएर आत्महत्या गरिन् नर्सले

सारांश

  • काठमाडौं ।
  • काठमाडौंको वीर अस्पतालमा कार्यरत एक नर्सले डाक्टरको घरमा गएर आत्महत्या गरेकी छिन् ।
  • लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै चितवनको भरतपुर महानगरपालिका-१ घर भएकी २९ वर्षकी अनुमा श्रेष्ठले बालाजुस्थित डा.

काठमाडौं । काठमाडौंको वीर अस्पतालमा कार्यरत एक नर्सले डाक्टरको घरमा गएर आत्महत्या गरेकी छिन् । लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै चितवनको भरतपुर महानगरपालिका-१ घर भएकी २९ वर्षकी अनुमा श्रेष्ठले बालाजुस्थित डा. सुजन ढकालको कोठामा पुगेर आत्महत्या गरेकी हुन् ।

शनिवार अपराह्न ३ः५२ बजे अनुमाले आत्महत्या गरिसकेको अवस्थामा सुजनका परिवारले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । नारायणगढमा रहेका मृतक अनुमाको परिवार काठमाडौँ आएपछि शनिवार राती मुचुल्का तयार पारी शव उठाइएको छ ।

प्रेमी सुजन ढकाल र उनका बुवाले विवाह गर्न अस्वीकार गरेपछि शनिवार दिउँसो प्रेमीकै घरमा पुगेर अनुमाले आत्महत्या गरेकी थिइन् ।

अनुमा बेलाबेलामा सुजनकै घरमा समेत गएर बस्ने गरेकी थिइन् । अनुमाले विवाहका लागि पटकपटक आग्रह गर्दा पनि केटापक्षले नमानेपछि अनुमाले शनिबार आत्महत्या गरेकी हुन् ।

अनुमाले आत्महत्या गरेकै स्थानबाट एउटा डायरी बरामद भएको छ । बरामद भएको डायरीमा अनुमाले आफ्नो जीवन भोगाई, प्रेमसम्बन्ध, विवाहका लागि भएको प्रयास र केटा पक्षको परिवारले गरेको अस्वीकार लगायतको विषयमा उल्लेख गरेकी छिन् ।

(https://flossdental.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?