३ सय ५० रूपैयाँका कारण सलमान खानकाे ‘भारत’ काे सुटिङ राेकियाे !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३०, २०७५
|
|
१४ पटक हेरिएको
Shares
३ सय ५० रूपैयाँका कारण सलमान खानकाे ‘भारत’ काे सुटिङ राेकियाे !

सारांश

  • एजेन्सी।
  • सलमान खानको ठूलो बजेटको भनिएको फिल्म ‘भारत’को एक तस्वीर बाघा बोर्डरबाट आएको थियो ।
  • यो फोटोमा सलमान खान र कटरिना कैफ सँगै उभिएका देखिएका थिए ।

एजेन्सी। सलमान खानको ठूलो बजेटको भनिएको फिल्म ‘भारत’को एक तस्वीर बाघा बोर्डरबाट आएको थियो । यो फोटोमा सलमान खान र कटरिना कैफ सँगै उभिएका देखिएका थिए । यो फोटोले सामाजिक संजालमा निकै चर्चा पाएको छ । तर, यो चर्चासँगै फिल्मको विषयमा निकै आश्चर्यजनक खबर बाहिरिएको छ । भारत निर्माण टिमले सुटिङमा काम गर्ने मजदुरको ३५० रुपैयाँ पनि तिर्न नसकेको खबरले तरंग ल्याएको छ ।

भारतीय दैनिक अमर उजालाको अनलाइनले स्रोतको हवाला दिँदै फिल्ममा काम गर्ने सर्पोटिङ एक्टरहरुले दैनिक पारिश्रमिक नपाएकै कारण सुटिङ गर्न अस्वीकार गरेको खबर लेखेको छ । समाचारमा उल्लेख भएअनुसार स्थानीय मिडियामा मजदुरले पारिश्रमिक नपाएको समाचार आएको छ । ती मजदुरलाई फिल्मको टिमले दिनको ३५० रुपैयाँ पारिश्रमिकमा ल्याएको थियो । त्यो पारिश्रमिकको भुक्तानीको लागि मजदुरलाई चेक दिइएको थियो जुन चेक बाउन्स भएको छ । चेक बाउन्स भएपछि मजदूरहरुले सुटिङ गर्न अस्वीकार गरेको समाचारमा जनाइएको छ । यद्यपि २ दिनपछि केही मजदुरलाई पारिश्रमिक दिइएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?