धनुषा जिससमा कांग्रेसको प्यानल निर्विरोध

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २६, २०७९
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • जनकपुर।
  • जिल्ला समन्वय समिति धनुषामा नेपाली कांग्रेसको प्यानल निर्विरोध चयन भएको छ।
  • समितिको प्रमुखमा राजनन्द मण्डल राज निर्विरोध निर्वाचित भएका हुन्।

जनकपुर। जिल्ला समन्वय समिति धनुषामा नेपाली कांग्रेसको प्यानल निर्विरोध चयन भएको छ। समितिको प्रमुखमा राजनन्द मण्डल राज निर्विरोध निर्वाचित भएका हुन्।

बुधबार जिसस प्रमुख, उपप्रमुखसहित सदस्यमा कांग्रेसको मात्र मनोनयन परेको थियो । धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार जिसस उपप्रमुखमा सङ्गीतादेवी ठाकुर निर्वाचित भएकी छन्।

यस्तै सदस्यहरूमा ईश्वरीप्रसाद शर्मा, डम्बरबहादुर थापामगर, फगु यादव, महिला सदस्यमा गीतादेवी यादव, विकादेवी मिजार, सोनितादेवी सदा र दलित तथा अल्पसङ्ख्यक सदस्यमा महेन्द्र महतो निर्वाचित भए। जिसस सदस्यमा पनि कांग्रेसको मात्रै उम्मेदवारी परेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?