जसपा संघीय परिषदको अध्यक्षमा डा. भट्टराई

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ५, २०७७
|
|
२४ पटक हेरिएको
Shares
जसपा संघीय परिषदको अध्यक्षमा डा. भट्टराई

सारांश

  • जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्को अध्यक्षमा डा बाबुराम भट्टराई नियुक्त भएका छन् ।
  • जसपा कार्यकारिणी समितिको मंगलबार सम्पन्न दुई दिने बैठकले वरिष्ठ नेता भट्टराईलाई परिषद्को अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
  • भट्टराई नेतृत्वको परिषद्प्रति केन्द्रीय समिति उत्तरदायी हुनुपर्ने गरी विधान पनि पारित भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्को अध्यक्षमा डा बाबुराम भट्टराई नियुक्त भएका छन् । जसपा कार्यकारिणी समितिको मंगलबार सम्पन्न दुई दिने बैठकले वरिष्ठ नेता भट्टराईलाई परिषद्को अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो । भट्टराई नेतृत्वको परिषद्प्रति केन्द्रीय समिति उत्तरदायी हुनुपर्ने गरी विधान पनि पारित भएको छ ।

जसपा कार्यकारिणी समितिका सदस्य मनिष सुमनले परिषद् अध्यक्षसहित बैठकले केन्द्रीय विधान एवं नियमावली संशोधन गर्दै केन्द्रीय समितिसमेत घोषणा गरेको छ । यसअघि ७ सय १ सदस्यीय केन्द्रीय समिति रहने विधानमा व्यवस्था भए पनि त्यसलाई संशोधन गर्दै ७ सय ७९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरिएको छ ।

यसैगरी, बैठकले आठ केन्द्रीय निकाय र २९ वटा केन्द्रीय विभागका प्रमुखसमेत चयन गरेको छ । प्रदेश, जिल्ला, स्थानीय तह, भ्रातृ संगठनलगायतका सांगठनिक एकतालाई समेत छिटै टुंगो लगाउने निर्णय भएको आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?