घरबाटै सामान्य काठे कुर्सी ल्याएर आफ्नो कार्यकक्षमा राखेपछि
सारांश
- कञ्चनपुर ।
- जिल्लाको सबैजसो नवनिर्वाचित जनप्रतिनिधिले शपथसंगै पदभार ग्रहण गरिसकेका छन् ।
- स्थानीय तहमा लामो समयपछि चुनिएका नेताले गर्ने हरे निर्णय चासोको विषय बन्दै छ ।
कञ्चनपुर । जिल्लाको सबैजसो नवनिर्वाचित जनप्रतिनिधिले शपथसंगै पदभार ग्रहण गरिसकेका छन् । स्थानीय तहमा लामो समयपछि चुनिएका नेताले गर्ने हरे निर्णय चासोको विषय बन्दै छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐर भने कुर्सीका कारण चर्चामा छन् । उनी नगरपालिकाले किनेको आरामदायी कुर्सीमा बस्दैनन् । बरु घरबाटै सामान्य काठे कुर्सी ल्याएर आफ्नो कार्यकक्षमा राखेका छन् ।
‘१० बर्षदेखि यही कुर्सीमा बसेर जनताको सेवा गरे, ५ बर्षे कार्याकाल पनि यसैमा विताउँछु’, उनले मंगलबार सञ्चारकर्मीमाझ भने, – ‘म सामान्य जनताको छोरो उनीहरु सरह नै बस्न चाहान्छु ।’ आफुलाई कुर्सी मोह भन्दा जनताको सेवा गर्ने चाहना रहेको उनले बताए । कान्तिपुरमा खबर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया