साहित्यिक पत्रिकालाई वर्गीकरणमा छुट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
साहित्यिक पत्रिकालाई वर्गीकरणमा छुट

सारांश

  • घोराही, १७ फागुन,प्रेस काउन्सिल नेपालले वर्गीकरणका लागि लाग्ने दस्तुरमा अन्य पत्रपत्रिकाको तुलनामा साहित्यिक पत्रपत्रिकालाई यस वर्षदेखि पचास प्रतिशत छुट दिन थालेको छ ।
  • प्रेस काउन्सिल नेपालको आयोजनामा आज दाङमा आयोजित ‘साहित्यिक पत्रकारिता गोष्ठी तथा आचारसंहिता संवाद’ कार्यक्रममा काउन्सिलका काबा अध्यक्ष किशोर श्रेष्ठले साहित्यिक पत्रपत्रिकाको वर्गीकरणका लागि सरल र बेग्लै मापदण्ड लागू गरी त्यस्तो छुटको प्रबन्ध गरिएको जानकारी दिनुभएको हो ।
  • नयाँ व्यवस्थाअनुसार अन्य पत्रपत्रिकालाई ११ पृष्ठको आवेदन फारम भर्नुपर्ने भए पनि साहित्यिक पत्रिकालाई चार पृष्ठमा सीमित गरिएको छ ।

घोराही, १७ फागुन,प्रेस काउन्सिल नेपालले वर्गीकरणका लागि लाग्ने दस्तुरमा अन्य पत्रपत्रिकाको तुलनामा साहित्यिक पत्रपत्रिकालाई यस वर्षदेखि पचास प्रतिशत छुट दिन थालेको छ ।

प्रेस काउन्सिल नेपालको आयोजनामा आज दाङमा आयोजित ‘साहित्यिक पत्रकारिता गोष्ठी तथा आचारसंहिता संवाद’ कार्यक्रममा काउन्सिलका काबा अध्यक्ष किशोर श्रेष्ठले साहित्यिक पत्रपत्रिकाको वर्गीकरणका लागि सरल र बेग्लै मापदण्ड लागू गरी त्यस्तो छुटको प्रबन्ध गरिएको जानकारी दिनुभएको हो ।

नयाँ व्यवस्थाअनुसार अन्य पत्रपत्रिकालाई ११ पृष्ठको आवेदन फारम भर्नुपर्ने भए पनि साहित्यिक पत्रिकालाई चार पृष्ठमा सीमित गरिएको छ । बजार र विज्ञापनको अभावमा साहित्यिक पत्रपत्रिका खुम्चँदै गएका बेला काउन्सिलले उदार नीति लिएको हो । काउन्सिलमा साहित्यिक पत्रकारमध्येबाट एकजना सञ्चालक समिति सदस्यको प्रतिनिधित्व हुँदै आएको छ ।

नेपाली पत्रकारिता साहित्यिक पत्रिकाको जन्मसँगै विकास भएको पाइन्छ । विसं १९४३ मा मोतीराम भट्टद्वारा वनारसबाट प्रकाशित ‘गोर्खा भारत जीवन’ जेठो नेपाली पत्रिका हो भने विसं १९५५ मा पहिलो नेपाली साहित्यिक पत्रिका ¬‘सुधासागर¬’ र त्यसपछि जेठो अखबारका रुपमा गोर्खापत्रको प्रकाशन भएको थियो ।

विगत दशकयता काउन्सिलले साहित्यिक पत्रपत्रिकालाई वर्गीकरणमा समावेशमा पारेपछि ती पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन तथा प्रेसपासको सुविधा पाउँदै आएका छन् । बौद्धिक र साहित्यिक खुराकका साथै साहित्यका विविध विधाका रचना साहित्यिक पत्रिकाका प्रकाशित हुन्छन् ।

कार्यक्रममा काबा अध्यक्ष श्रेष्ठले कम्तीमा तीन श्रमजीवी पत्रकारको नियुक्तिपत्र र न्यूनतम् पारिश्रमिकसहित मासिक र त्रैमासिकले पनि राखेमा मात्रै वर्गीकरणमा पारिने नेपाल सरकारको नयाँ निर्देशनले साहित्यिक पत्रिका र साना लगानीका स्वरोजगार पत्रिका मारमा पर्नेबारे आफूले सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई ध्यानाकर्षण गराइसकेको र उहाँ समाधानका लागि सकारात्मक रहनुभएको जानकारी दिनुभयो ।

काबा अध्यक्ष श्रेष्ठले आउँदो बजेटमा साहित्यिक पत्रिकाको थप सुविधाका लागि राखिनुपर्ने सुझाव काउन्सिललाई दिइएमा त्यो सरकारसमक्ष प्रस्तुत गरिनेछ भन्नुभयो । उहाँले संविधानमा समाविष्ट पूर्ण प्रेस स्वतन्त्रताको रक्षाका लागि काउन्सिल सदैव सक्रिय रहने तर पत्रकारले आफूलाई अर्कै ग्रहका ठानेर अमर्यादित समाचार र प्रस्तुति दिएमा त्यसले पत्रकारिता र समाजलाई नै बदनाम गराउने जनाउनुभयो ।

वरिष्ठ पत्रकार एवं काउन्सिलका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माले साहित्यिक पत्रकारितालाई कतिपयले पत्रकारिता नठान्नु विडम्बना भएको उल्लेख गर्दै साहित्यिक पत्रिका हुँदै समाचारमूलक पत्रकारिताको विकास भएको इतिहास बिर्सन नहुने जनाउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले साहित्यिक पत्रकारिताले आचारसंहिता उल्लङ्घन गरेको भनी हालसम्म काउन्सिलमा उजूरी नभएको उल्लेख गर्दै यसको विकासका लागि काउन्सिल र महासङ्घले सहकार्य गर्ने बताउनुभयो ।

वरिष्ठ समालोचक निनु चापागाईंले साहित्यले सौन्दर्य र विचार दिनसक्ने भए पनि साहित्यिक पत्रकारिता बलियो हुन नसक्दा सामाजिक रुपान्तरण र वैज्ञानिक दृष्टिकोण तयार हुन नसकेको बताउनुभयो ।

नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष नगेन्द्रराज शर्माले साहित्यिक पत्रकारितामा कमाइ नभई गुमाइ मात्र भएकाले हुलाक दर्ता तथा पत्रिका आदानप्रदानको सहज वातावरण मिलाइदिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामीलाई दया होइन, माया गरेर सहयोग गर्नुप¥यो । साहित्यिक पत्रिकालाई पत्रकारिता नमान्ने प्रवृत्ति देखिनु दुःखद् हो ।”

सङ्घका पूर्वअध्यक्ष रोचक घिमिरेले भाषा र साहित्यको विकास तथा चेतना विस्तारका लागि साहित्यिक पत्रकारिताले काम गरिरहेकाले यसलाई थप उदार नीतिका साथ काउन्सिलले सहयोग गर्नुपर्ने माग गर्नुभयो ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले साहित्यले समाजको विकासमा महत्वपूर्ण भूमिका खेलेपनि पछिल्लो समयमा युवा पुस्तामा साहित्यप्रतिको लगाव कम हुन थालेकाले यसको विकासका लागि उपमहानगरले प्राथमिकता दिने जानकारी दिनुभयो ।

काउन्सिलका सदस्य ईश्वरी ओझाले नेपाली पत्रकारिताको जननी साहित्यिक पत्रकारिता आझेलमा परेकाले काउन्सिलले राष्ट्रिय सम्मेलन आयोजना गर्दै आएको बताउनुभयो । काउन्सिलका सदस्य चेतनाथ धमलाका अनुसार काठमाडौँलगायत देशभरका साहित्यिक पत्रकार सहभागी गोष्ठीको निचोडका आधारमा काउन्सिलले नयाँ नीति अवलम्बन गर्नेछ ।

‘दाङको साहित्यिक पत्रकारिता¬’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै समालोचक डा अमर गिरीले साहित्यिक पत्रकारिताको विकासका लागि केन्द्रका साथै प्रदेश र स्थानीय सरकारसँग थप संवाद गर्न सुझाव दिनुभयो । साहित्यिक पत्रकार सङ्घका महासचिव मोहन दुवालले ¬‘नेपाली साहित्यिक पत्रकारिताको सङ्क्षिप्त परिचय र टिप्पणी’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै आफूहरुलाई कागज र विज्ञापन, सरकारी ऋणका साथै सहुलियतमा छाप्ने प्रेस सुविधा दिएर संरक्षण गरिनुपर्ने माग गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ, दाङका अध्यक्ष सविन प्रियासनले गोष्ठीले साहित्यिक पत्रकारितालाई बलियो बनाउन भूमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभयो । दाङमा करीब ८० वटा साहित्यिक पत्रिका दर्ता भएको देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः कोशी, बागमती र गण्डकीमा मौसम बदली हुने
आजको मौसमः कोशी, बागमती र गण्डकीमा मौसम बदली हुने
नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवाली : प्रचार नखोज्ने व्यक्ति
नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवाली : प्रचार नखोज्ने व्यक्ति
राज्यका अङ्गले जनताका पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनुस् : प्रधानमन्त्री
राज्यका अङ्गले जनताका पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनुस् : प्रधानमन्त्री
नेपालका २६ विद्यालयलाई ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्रदान
सुनसरी दुई समुह बीच फाईट हँदा एक को मृत्यु
सुनसरी दुई समुह बीच फाईट हँदा एक को मृत्यु
पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले भर्ने
पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले भर्ने
अमेरिकामा गोलीबारी, एक प्रहरीसहित ६ जनाको मृत्यु
अमेरिकामा गोलीबारी, एक प्रहरीसहित ६ जनाको मृत्यु
बंगलादेशसँग पराजित हुँदै एशिया कपबाट बाहिरियो नेपाल
बंगलादेशसँग पराजित हुँदै एशिया कपबाट बाहिरियो नेपाल
भारतमा एक युवकले आफनै घाटी काटेर मातालाई बलिदिए पछि…
भारतमा एक युवकले आफनै घाटी काटेर मातालाई बलिदिए पछि…
चुनावको मुखमा प्रधानमन्त्रीले कार्यकर्तालाई बाँडे १६ करोड
चुनावको मुखमा प्रधानमन्त्रीले कार्यकर्तालाई बाँडे १६ करोड

तपाईंले छुटाउनुभयो कि?