ज्यान मार्ने धम्की दिई रकम माग्ने व्यक्ति पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०८०
|
|
२० पटक हेरिएको
Shares
ज्यान मार्ने धम्की दिई रकम माग्ने व्यक्ति पक्राउ

सारांश

  • रौतहट ।
  • ज्यान मार्ने धम्की दिई रकम मागेको अभियोगमा फतुवा बिजयपुर नगरपालिका–८ बस्ने ३५ वर्षीय श्रीभगवान साहलाई प्रहरीले पक्राउ गरेको छ ।
  • एक व्यापारीलाई पटक पटक फोन गरी उनी र उनका छोरा छोरीलाई ज्यान मार्ने धम्की दिई ५ लाखदेखि ५० लाख रूपैयाँसम्म रकम माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न साहलाई पक्राउ गरेको हो ।

रौतहट । ज्यान मार्ने धम्की दिई रकम मागेको अभियोगमा फतुवा बिजयपुर नगरपालिका–८ बस्ने ३५ वर्षीय श्रीभगवान साहलाई प्रहरीले पक्राउ गरेको छ ।

एक व्यापारीलाई पटक पटक फोन गरी उनी र उनका छोरा छोरीलाई ज्यान मार्ने धम्की दिई ५ लाखदेखि ५० लाख रूपैयाँसम्म रकम माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न साहलाई पक्राउ गरेको हो ।

साथै, सोही घटनामा संलग्न अन्य व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ । उनी उपर आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?