विश्वकप क्रिकेट: पाकिस्तानद्वारा श्रीलङ्का ६ विकेटले पराजित

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २४, २०८०
|
|
४२ पटक हेरिएको
Shares
विश्वकप क्रिकेट: पाकिस्तानद्वारा श्रीलङ्का ६ विकेटले पराजित

सारांश

  • काठमाडौं।
  • भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत मंगलबारको खेलमा पाकिस्तानले श्रीलङ्कालाई पराजित गरेको छ ।
  • पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हराएको हो।

काठमाडौं। भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत मंगलबारको खेलमा पाकिस्तानले श्रीलङ्कालाई पराजित गरेको छ । पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हराएको हो।

टस जितेर पहिला ब्याटिङ थालेको श्रीलङ्काले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय ४४ रनको योगफल बनायो । तीन सय ४५ रनको विजय लक्ष्य पाकिस्तानले ४८ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानका लागि अब्दुल्लाह शफिकले एक सय १३, मोहम्मद रिजवानले अविजित एक सय ३१, इफ्तीखार अहमदले अविजित २२, शाउद सकलिले ३१ तथा इमाम उल हकले १२ रन बनाए ।

बलिङतर्फ श्रीलङ्काका लागि दिलशन मदुसन्काले दुई विकेट लिए ।

यसअघि श्रीलङ्काका लागि ब्याटिङ गर्ने क्रममा कुशल मेन्डिस र सदिरा समराविक्रमाले शतकीय पारी खेले । मेन्डिसले सर्वाधिक एक सय २२ रनको योगदान दिए । उनले ७७ बल खेल्ने क्रममा १४ चौका र ६ छक्का प्रहार गरे ।

त्यस्तै समराविक्रमाले एक सय आठ रन बनाए । उनले ७९ बल खेल्दै ११ चौका र २ छक्का हाने । यस्तै पठुम निसान्काले ६१ बलमा ५१ रन जोडे । उनले यस क्रममा सात चौका र एक छक्का हाने । धनञ्जय डी सिल्भाले ३४ बलमा चार चौकासहित २५, कप्तान दशुन शनाकाले १२ र दुनिथ वेलालागेले १० रन बनाए ।

बलिङतर्फ पाकिस्तानका हसन अलीले चार, हरिस रौफले दुई तथा शाहिन अफ्रिदी, मोहम्मद नवाज र शदाब खानले एक एक विकट लिए । जारी विश्वकपमा श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग एक सय दुई रनले पराजित भएको थियो । पाकिस्तानले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ मा मुख्यमन्त्री फोरमलाई दिने सहमति भएको छैन : यादव
प्रदेश २ मा मुख्यमन्त्री फोरमलाई दिने सहमति भएको छैन : यादव
ओलीले अध्यक्ष छाड्ने, प्रधानमन्त्रीमा प्रचण्डको साथ !
ओलीले अध्यक्ष छाड्ने, प्रधानमन्त्रीमा प्रचण्डको साथ !
नेपाली कांग्रेसमा नयाँ गुटकाे उदय , कस्ले गर्ला नेतृत्व ?
नेपाली कांग्रेसमा नयाँ गुटकाे उदय , कस्ले गर्ला नेतृत्व ?
पुस १३ गते सोमवारको राशिफल यस्तो छ
पुस १३ गते सोमवारको राशिफल यस्तो छ
८ हजार लिटर मदिरा नष्ट साथै लागूऔषध सहित ४ जना पक्राउ
८ हजार लिटर मदिरा नष्ट साथै लागूऔषध सहित ४ जना पक्राउ
हेर्नुस् पूर्व मिस नेपाल मलिना जोशीका ९ हट फोटोहरु
हेर्नुस् पूर्व मिस नेपाल मलिना जोशीका ९ हट फोटोहरु
विश्वभर कोरोना भाइरसको प्रकोप, हालसम्म ६ सय ३८ जनाको मृत्यु
विश्वभर कोरोना भाइरसको प्रकोप, हालसम्म ६ सय ३८ जनाको मृत्यु
पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टरर दुर्घटनाको कारण हिमाली आँधी
पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टरर दुर्घटनाको कारण हिमाली आँधी
हितमान बुढाको पहलमा दिलबहादुर घर्तीलाई बचाउन १५ लाख संकलन
हितमान बुढाको पहलमा दिलबहादुर घर्तीलाई बचाउन १५ लाख संकलन
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम मन्त्रीपरिषद बैठकद्वारा स्वीकृत
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम मन्त्रीपरिषद बैठकद्वारा स्वीकृत

तपाईंले छुटाउनुभयो कि?