कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम मन्त्रीपरिषद बैठकद्वारा स्वीकृत

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम मन्त्रीपरिषद बैठकद्वारा स्वीकृत

सारांश

  • सुर्खेत, ८ वैशाख ।
  • कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गर्न स्वीकृत गरेको छ ।
  • आज बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले प्रस्ताव गरेको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं भूमिव्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।

सुर्खेत, ८ वैशाख । कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गर्न स्वीकृत गरेको छ । आज बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले प्रस्ताव गरेको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं भूमिव्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।

यसैगरी मन्त्रीपरिषद बैठकले अन्य ३ वटा विधेयक तर्जुमाका लागि सम्वन्धित मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको पनि प्रवक्ता केसीले जानकारी दिइन् । बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले पेश गरेको मुख्यमन्त्री सहायता कोष विधेयक २०७५ को मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको पनि प्रवक्ता केसीले जानकारी दिइन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता केसीले भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा पेश गरिएको जलस्रोत उपयोग विधेयक २०७५ को मस्यौदा र प्रदेश सडक वोर्ड विधेयक २०७५ को मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको पनि बताइन् । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बैशाख १० गते संसदमा प्रस्तुत गर्ने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?