श्रद्धा कपूरकाे चलचित्रकाे तिन दिनमा लगानी सेभ !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
३४ पटक हेरिएको
Shares
 श्रद्धा कपूरकाे चलचित्रकाे तिन दिनमा लगानी सेभ !

सारांश

  • श्रद्धा कपूर र राजकुमार राव स्टारर फिल्म ‘स्त्री’ले बक्सअफिसमा लगानी सेभ गर्दै १४० प्रतिशत बढी नाफा कमाउन सफल भएको छ ।
  • लगानीको यो नाफा प्रतिशत जम्मा पाँच दिनको हो ।
  • पहिलो दिन करीब ७ करोडबाट ओपनिङ गरेको फिल्मको व्यापारमा यसको सकारात्मक समिक्षाले सहयोग गर्यो ।

श्रद्धा कपूर र राजकुमार राव स्टारर फिल्म ‘स्त्री’ले बक्सअफिसमा लगानी सेभ गर्दै १४० प्रतिशत बढी नाफा कमाउन सफल भएको छ । लगानीको यो नाफा प्रतिशत जम्मा पाँच दिनको हो ।पहिलो दिन करीब ७ करोडबाट ओपनिङ गरेको फिल्मको व्यापारमा यसको सकारात्मक समिक्षाले सहयोग गर्यो । राम्रो माउथ पब्लिसिटीले पहिलो विकेन्डको कलेक्सनमा फिल्मले उछाल मार्यो । फलस्वरुप: फिल्मले पहिलो तीन दिनमै लगानी सुरक्षित गरि नाफाको बाटोमा दौडिएको थियो ।प्रचार र प्रोडक्सन गरि जम्मा २० करोडको बजेटमा निर्माण भएको फिल्मले पाँचौ दिनसम्म घरेलु बक्सअफिसमा ४८.३४ करोड कमाइसकेको छ । २८.३४ करोड नाफा कमाइसकेको फिल्मले प्रतिशतमा १४१.७० को आँकडा पार गरेको छ । फिल्मको दोस्रो विकेन्डको कलेक्सनले यसको लाइफटाइम कमाई अनुमान गर्न सहयोग पुग्नेछ ।

अमर कौसिक निर्देशित फिल्म हहर कमेडी जानरामा निर्माण भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?