२९ औँ वर्षमा केकी अधिकारी, यी हुन् उनका खास कुरा

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २, २०७४
|
|
१७ पटक हेरिएको
Shares
२९ औँ वर्षमा केकी अधिकारी, यी हुन् उनका खास कुरा

सारांश

  • अभिनेत्री केकी अधिकारी २९ औँ वर्षमा प्रवेश गरेकी छिन् ।
  • आइतबार काठमाडौँमा उनले आफ्नो जन्मदिन ‘राज्जा रानी’ फिल्म युनिटसँगै केक काट्दै सेलिब्रेट गरिन् ।
  • नेपाल टेलिभिजनको डान्स सो ‘छमछमी’ मार्फत रंगीन दुनियाँमा प्रवेश गरेकी केकीले म्यूजिक भिडियोमा अभिनय गर्दै आफुलाई यो क्षेत्रमा स्थापित गरेकी थिइन् ।

अभिनेत्री केकी अधिकारी २९ औँ वर्षमा प्रवेश गरेकी छिन् । आइतबार काठमाडौँमा उनले आफ्नो जन्मदिन ‘राज्जा रानी’ फिल्म युनिटसँगै केक काट्दै सेलिब्रेट गरिन् । नेपाल टेलिभिजनको डान्स सो ‘छमछमी’ मार्फत रंगीन दुनियाँमा प्रवेश गरेकी केकीले म्यूजिक भिडियोमा अभिनय गर्दै आफुलाई यो क्षेत्रमा स्थापित गरेकी थिइन् । नेपाली फिल्म उद्योगकी कुशल अभिनेत्री मानिने केकी रंगकर्मी बद्री अधिकारीकी पुत्री हुन् । पारिवारिक वातावरण नै फिल्मी क्षेत्रसँग जोडिएका कारण पनि उनलाई अभिनय यात्रामा आउन त्यति असहज थिएन । २०४६ साल पुस २ गते काठमाडौँको जोरपाटीमा केकी जन्मिएकी हुन् ।

‘स्वर’बाट डेब्यू
दर्जनौ म्यूजिक भिडियो र विज्ञापनहरुमा मोडलिङ गरे पछि मात्रै केकीको यात्रा फिल्मतर्फ मोडिएको थियो । उनले ‘स्वर’बाट सिने क्षेत्रमा पाइला राखिन् । म्यूजिक भिडियोमा उनलाई डेब्यू गराएका निर्देशक प्रशन्न पौडेलले नै उनलाई फिल्ममा पनि डेब्यू गराए । व्यवसायिकरुपमा ‘स्वर’ सफल नभए पनि केकी भने नोटिस भइन् । आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, वितेका पल, मेरो बेस्ट फ्रेण्ड, श्री ५ अम्बरे, भाग सानी भाग, हाउ फन्नी, घामपानी केकीले अभिनय गरेका फिल्म हुन् ।

शिक्षित अभिनेत्री
नेपाली फिल्मी क्षेत्रमा शिक्षित अभिनेत्रीको रुपमा केकीको गणना हुन्छ । उनले प्रेसिडेन्सियल बिजनेस स्कुलबाट मास्टर्स गरेकी छिन् । जोरपाटीमा आफ्नै बुबाले खोलेको बाल सिरिजनालय स्कुलबाट एसएलसी गरेकी उनले २०१३ मा स्नातक सकाएकी थिइन् । त्यस्तै ह्वाइट हाउस कलेजबाट प्रमाणपत्र तह उत्तीर्ण गरेकी हुन् । फिल्मी क्षेत्रमा अध्ययनशिल अभिनेत्रीका रुपमा परिचित केकी कलेजको अध्ययन सकाए पछि मात्रै सुटिङमा जाने गर्थिन् ।

नाटक यात्रा
केकीले नाटकमा पनि अभिनय गरिन् । उनले सत्यमोहन जोशीद्वारा लिखित ऐतिहासिक नाटक ‘चारुमती’मा अभिनय गरेकी हुन् । उनले नाटकमा गरेको अभिनयले राम्रै चर्चा पायो ।

केकी निर्मात्री पनि
केकी फिल्म निर्माणमा पनि होमिएकी छिन् । उनले निर्माण गरेको फिल्म ‘कोहीनुर एक्सप्रेस’ हो । कात्तिक १३ गतदेखि सुटिङ सुरु भएको यो फिल्मलाई उनले ‘ड्रिम प्रोजेक्ट’ मानेकी छिन् । आफ्नै होम प्रोडक्सन ‘जुनकिरी आर्ट्स’बाट निर्मित फिल्ममा उनी बाहेक ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रबिन्द्र झा लगायतका कलाकारले अभिनय गर्दैछन् ।

फेसबुक, ट्वीटर र इन्स्टामा केकी
सामाजिक सञ्जालमा केकीको सक्रियता राम्रै देख्न सकिन्छ । उनी समसामयिक विषय प्रति प्रतिक्रिया जनाउँदै फेसबुक र ट्वीटरमा आफ्नो विचार व्यक्त गर्ने गर्छिन्। हालै सम्पन्न निर्वाचन प्रति पनि उनले सामाजिक सञ्जामार्फत निकै चासो देखाइन् । सामाजिक सञ्जालमा उनलाई पछ्याउनेहरुको संख्या पनि राम्रै रहेको छ । उनको फेसबुक भेरिफाइन पेजमा करिब साढे आठ लाखले फलो गरेका छन् । त्यस्तै उनको ट्वीटर अकाउण्टमा ८० हजार भन्दा बढि फलोअर्स छन् । इस्टाग्राममा केकीलाई २ लाख १८ हजार भन्दा बढिले फलो गरिरहेका छन् ।

शिखरन्यूजको तर्फबाट केकीलाई जन्म दिनको शुभकामना । 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Babu Thapa

    Kali happy bday

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?