‘म आफैं जेल जान्थे’, तर छोरीको विवाहपछि : गायक प्रकाश ओझा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १९, २०७३
|
|
१०२८ पटक हेरिएको
Shares
‘म आफैं जेल जान्थे’, तर छोरीको विवाहपछि : गायक प्रकाश ओझा

सारांश

  • अर्काकी छोरीको इज्जतसँग खेलबाड गर्नेले आफ्ना पनि छोरी चेली छन् भन्ने बिर्सनुहुँदैन !
  • ’ ठीक यही कुरा लागू भएको छ, गायक प्रकाश ओझाको जीवनमा ।
  • सर्वोच्च अदालतले दुई साताअघि १० वर्षको कैद तोक्नुअघि पाटन उच्च अदालतले उनलाई पुरानो कैदबाट बाँकी रहेको ६ महिनाको कैद भुक्तान गर्न आदेश दिएको थियो, आठ महिना पहिल्यै ।

अर्काकी छोरीको इज्जतसँग खेलबाड गर्नेले आफ्ना पनि छोरी चेली छन् भन्ने बिर्सनुहुँदैन !’ ठीक यही कुरा लागू भएको छ, गायक प्रकाश ओझाको जीवनमा । सर्वोच्च अदालतले दुई साताअघि १० वर्षको कैद तोक्नुअघि पाटन उच्च अदालतले उनलाई पुरानो कैदबाट बाँकी रहेको ६ महिनाको कैद भुक्तान गर्न आदेश दिएको थियो, आठ महिना पहिल्यै । यस्तो हुँदा अभियुक्त आफैं अदालत उपस्थित भएमा उसले निश्चित प्रतिशत कैद मिनाहा पाउने व्यवस्था छ । तर, यो कुरा जान्दाजान्दै पनि उपस्थित हुन नसक्ने बाध्यतामा थिए । कारण हो, छोरीको विवाह । त्यसै पनि ‘प्रकाश ओझाकी छोरी’ भनेर विगत १० वर्षदेखि यातनापूर्ण जीवन बिताइरहेका विचरीहरु जसोतसो यो समाजमा हुर्किए, पढे, बढे । इटहरी होस् या काठमाडौं, जहाँ पुगे पनि बाबुको बद्नामीको दाग निर्दोष छोरी चेलीमाथि खनिइरह्यो । काठमाडौंबाट प्लस टु सिध्याएकी ठूली छोरी केही वर्षअघि एजुकेशन कन्सल्टेन्सीको मद्दतमा अमेरिका पुगिन् । गएको दसैंअघि छोरीले उतै बस्ने एकजना नेपालीसँग विवाहको निधो गरिन् । भदौमा टीकाटालो भयो । सप्तमीका दिन कन्यादान दिने गरी अमेरिकामै विवाह कार्यक्रम तय भयो । पत्नीको साथ लागेर प्रकाश महाराजगञ्जस्थित अमेरिकी दूतावास पुगे । दूतावासले प्रकाशलाई ‘सरी’ भनेर फर्काइदियो । पत्नीको भने भिसा लाग्यो, गइन् । दूतावासले नेपालमा फौजदारी अभियोग झेलिरहेको व्यक्ति भएका कारण उनलाई भिसा दिएन । हिन्दू संस्कारमा एउटा जीवित बाबुले छोरीको कन्यादान गर्नु अनिवार्य दायित्व मानिन्छ । प्रकाश पनि छोरीको विधिपूर्वक कम्यादान गर्न चाहन्थे, तर पाप करायो पहिलाको । उतिबेलै मेरा पनि दुई छोरी छन्, तिनको इज्जत सम्मानका खातिर पनि मैले अर्काकी छोरीमाथि अनुचित व्यवहार गर्नुहुँदैन भन्ने कुरा सम्झिएनन् । बरु, दसैंको मुखमा जनआस्था साप्ताहिकको सम्पर्कमा आएका उनले बर्बर आँसु पार्दै भने, ‘म आफैं जेल जान्छु, तर छोरीको विवाहपछि ।’ उनलाई डर थियो, उच्च अदालतको आदेशबारे समाचार लेखिएला भन्ने । ‘केही गरी अहिले यस्तो कुरा आइदियो भने अर्काको घरमा अन्मिएर जान लागेकी छोरीलाई के भन्लान् रु’ भन्दै फेरि रुन थाले । ठूली छोरीको विवाह भयो । तर, प्रकाश अदालतमा उपस्थित भएनन् । बरु, गीत रेकर्डिङ गर्दै, नयाँ नयाँ ‘जेसिका’ खोज्दै बाहिरै रमाए । ‘किन यस्तो गरेको रु’ भनी सोध्ने साथीहरुलाई जवाफ थियो, ‘अब दुईचार महिनामा अर्की छोरीको विवाह गरिदिन्छु, अनि जान्छु १’ तर, सर्वोच्च अदालतले अर्की छोरीको साइत पर्खिएन । जनआस्था साप्ताहिकमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?