भरतपुर वडा नं १९ मा माओबादी केन्द्रले कांग्रेसलाई सघाउने सहमति !

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २१, २०७४
|
|
१८ पटक हेरिएको
Shares
भरतपुर  वडा नं १९ मा माओबादी केन्द्रले कांग्रेसलाई सघाउने सहमति !

सारांश

  • सुर्य प्रसाद अधिकारी चितवन २१ जेठ ।
  • चितवनको भरतपुर वडा नम्बर १९को वडामा नेपाली काँग्रेसका वडा अध्यक्ष र सदस्यहरुलाई माओवादी केन्द्रले सघाउने सहमति भएको छ ।
  • निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्वर १९ मा पुनः मतदान गर्ने निर्णय गरेसंगै यहाँ निर्वाचनको चहलपहल बढेको छ ।

सुर्य प्रसाद अधिकारी चितवन २१ जेठ ।

चितवनको भरतपुर वडा नम्बर १९को वडामा नेपाली काँग्रेसका वडा अध्यक्ष र सदस्यहरुलाई माओवादी केन्द्रले सघाउने सहमति भएको छ । निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्वर १९ मा पुनः मतदान गर्ने निर्णय गरेसंगै यहाँ निर्वाचनको चहलपहल बढेको छ ।

दुई पार्टीको आज बसेको संयुक्त बैठकले यस अघिको सहमति अनुरुप प्रमुख पदमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाललाई र उपप्रमुखमा नेपाली काँग्रेसकी उम्मेदवार पार्वती शाहलाई मतदान गर्ने सहमति यथावत राख्दै वडाका अन्य उम्मेदवारमा काँग्रेसलाई सघाउने माओवादी केन्द्र चितवनका ईन्चार्ज ईश्वरी भटराईले बताउनुभयो ।

सो वडामा नेपाली काँग्रेसकातर्फबाट अध्यक्ष पदमा कर्णवहादुर गुरुङ् र माओवादी केन्द्रकातर्फबाट खड्कवहादुर गुरुङ् उम्मेदवार रहनु भएको छ । नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठका अनुसार बैठकले आयोगको निर्णयको स्वागत गर्दै यथाशिघ्र निर्वाचनको मिति तय गर्न माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?