इलाममा लगानी सम्मेलन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
इलाममा लगानी सम्मेलन

सारांश

  • काठमाडौं, २० पुस ।
  • बाह्य लगानी भित्र्याउने र आन्तरिक स्रोतलाई परिचालन गर्ने उद्देश्यले इलाममा आज लगानी सम्मेलन हुँदैछ ।
  • इलाम नगरपालिकाले आयोजना गरेको सम्मेलनमा कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन लगायतका क्षेत्रमा लगानीको सम्भावनाबारे छलफल गरिने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले जानकारी दिए ।

काठमाडौं, २० पुस । बाह्य लगानी भित्र्याउने र आन्तरिक स्रोतलाई परिचालन गर्ने उद्देश्यले इलाममा आज लगानी सम्मेलन हुँदैछ । इलाम नगरपालिकाले आयोजना गरेको सम्मेलनमा कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन लगायतका क्षेत्रमा लगानीको सम्भावनाबारे छलफल गरिने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले जानकारी दिए ।

सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ । लगानी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नागरिक अभिनन्दनसमेत गरिने नगरपालिकाले जनाएको छ ।

यसैबीच, नेपाली कांग्रेस जिल्ला कार्य समिति इलामले विज्ञप्ति निकाल्दै समन्वय नगरी एक लौटीरुपमा नगरपालिकाले सम्मेलन र नागरिक सम्मान गर्न लागेको आरोप लगाएको छ । यस्तै, प्रधानमन्त्री ओलीले आजै रवीदेखि धनकुटाको भेडेटार जोड्ने सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?