सभामुख कृष्णबहादुर महरालाई घोराही उपमहानगरको भव्य सम्मान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ६, २०७४
|
|
३६ पटक हेरिएको
Shares
सभामुख कृष्णबहादुर महरालाई घोराही उपमहानगरको भव्य सम्मान

सारांश

  • काठमाडौं, ६ चैत ।
  • सभामुख कृष्णबहादुर महरालाई घोराही उपमहानगरपालिकाले आज सम्मान गरेको छ ।
  • घोराही उपमहानगर रहेको दाङ क्षेत्र नं.

काठमाडौं, ६ चैत । सभामुख कृष्णबहादुर महरालाई घोराही उपमहानगरपालिकाले आज सम्मान गरेको छ । घोराही उपमहानगर रहेको दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका महरा सभामुखमा निर्वाचित भएपछि पहिलोपटक दाङ पुग्दा घोराही उपमहानगरले सम्मान गरेको हो ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आज भव्य समारोहबीच सभामुख महरालाई सम्मान गरेका हुन् । सभामुख निर्वाचित भएपछि महरा आज पहिलोपटक दाङ पुगेका हुन् । आज सभामुख महरा दाङ पुगेर विभिन्न सार्वजनिक कार्यक्रम र भेटघाटमा व्यस्त रहेका थिए ।

सभामुख महरा भोलि तुलसीपुर उपमहानगरपालिकामा सार्वजनिक कार्यक्रममा सहभागी भई पुनः घोराहीमा भेटघाटमा रहने छन् । चैत ८ गते बिहान नेपाल पत्रकार महासंघ दाङले आयोजना गर्ने स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भई सोही दिन राजधानी फर्किने कार्यक्रम रहेको प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए ।

(https://yourolddog.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?