जोकोभिचलाई युएस ओपनको उपाधि !
सारांश
- न्यूयोर्क, २५ भदौ ।
- नोभाक जोकोभिचले जुआँ मार्टिन डेल पोट्रोलाई पराजित गरी युएस ओपन लनटेनिसको उपाधि जितेका छन् ।
- यो जितसँगै जोकोभिचले पिट साम्प्रासको १४ ग्रान्डस्लामको रेकर्ड बराबरी गरेका छन् ।
न्यूयोर्क, २५ भदौ । नोभाक जोकोभिचले जुआँ मार्टिन डेल पोट्रोलाई पराजित गरी युएस ओपन लनटेनिसको उपाधि जितेका छन् । यो जितसँगै जोकोभिचले पिट साम्प्रासको १४ ग्रान्डस्लामको रेकर्ड बराबरी गरेका छन् । जोकोभिचले डेल पोट्रोलाई ६–३, ७–६, ६–३ को सोझो सेटमा पराजित गरेका थिए । प्रचण्ड गर्मीका कारण यस वर्षको युएस ओपनमा खेलाडीलाई सकस परेको थियो । जोकोभिच यसअघि आठपटक युएस ओपनको फाइनलमा पुगेका थिए । तर उनले सन् २०११ र २०१५ मा गरी दुईपटक मात्र उपाधि जितेका थिए । उनी राफेल नाडालभन्दा तीन वटा ग्रान्डस्लामले पछि छन् भने अर्का महान खेलाडी रोजर फेडररभन्दा ६ वटा ग्रान्डस्लामको कमी छ । फेडररको नाममा हालसम्म २० वटा ग्रान्डस्लाम उपाधि जितेको रेकर्ड छ ।
उपाधि हात पारेसँगै उपस्थित दर्शकलाई सम्बोधन गर्दै पिट साम्प्रासका फ्यान जोकोभिचले भने, “म पिट साम्प्रासलाई प्रेम गर्दछु, तपाइँ मेरो आदर्श पुरुष हो ।” गत वर्ष कुहिनाको चोटका कारण खेल्न नसकेका ३१ वर्षीय सर्बियाली जोकोभिच अहिलेका प्रतिभावान खेलाडी हुन् ।
प्रतिक्रिया