बागलुङमा पनि मतगणना सुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
१७ पटक हेरिएको
Shares
बागलुङमा पनि मतगणना सुरु

सारांश

  • बागलुङ–पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भएको ११ दिनपछि आज बागलुङमा मतगणना सुरु भएको छ ।
  • निर्वाचन आयोगको आदेश अनुसार दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि आज  सॉझ पाँच बजेदेखि बागलुङमा मतगणना सुरु हुने भनिएपनी केही ढिला गरेर आठ बजेबाट मतगणना सुरु भएको हो ।
  • जिल्ला समन्वय समिति बागलुङको सभाहलमा तारजाली भित्र ८ वटा सीसीटीभीको निगराप्नीमा बागलुङका दुई निर्वाचन क्षेत्रको प्रतिनिधिसभाको र निर्वाचन क्षेत्रका २–२ वटा प्रदेशसभाको मतपेटिकाहरुको ६ स्थानमा मतगणना सुरु भएको छ ।

बागलुङ–पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भएको ११ दिनपछि आज बागलुङमा मतगणना सुरु भएको छ । निर्वाचन आयोगको आदेश अनुसार दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि आज  सॉझ पाँच बजेदेखि बागलुङमा मतगणना सुरु हुने भनिएपनी केही ढिला गरेर आठ बजेबाट मतगणना सुरु भएको हो ।

जिल्ला समन्वय समिति बागलुङको सभाहलमा तारजाली भित्र ८ वटा सीसीटीभीको निगराप्नीमा बागलुङका दुई निर्वाचन क्षेत्रको प्रतिनिधिसभाको र निर्वाचन क्षेत्रका २–२ वटा प्रदेशसभाको मतपेटिकाहरुको ६ स्थानमा मतगणना सुरु भएको छ । मतगणनाको लागि एक सय कर्मचारीहरु खटाइएको छभने मतगणना वरीपरीको सुरक्षाको लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई खटाइएको छ ।

तारजाली भित्र मतगणकहरुले मत गनेका छन् भने तारजाली बाहिर बसेर दलका एजेण्टहरुले हेरीरहेका छन । गत मंसिर १० को पहिलो चरणमा भएको मतदानमा बागलुङ ६५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

बागलुङमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा बाम गठवन्धन बनाएर एकतावद्ध रुपमा चुनावी मैदानमा छन्भने नेपाली कांग्रेस राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा प्रतिस्पर्धामा छ ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा कांग्रेसका तर्फबाट सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का र बामगठवन्धनबाट एमालेका सुर्य पाठक प्रतिस्पर्धामा छन । प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका निरज पुन र बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल चुनावी प्रतिस्पर्धामा रहेका छन । बागलुङबाट प्रतिनिधिसभाको लागि २ निर्वाचन क्षेत्र र प्रदेशसभाको ४ निर्वाचन क्षेत्रबाट ६ जनाको लागि २६ जना चुनावी प्रतिस्पर्धामा छन ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?