गौतम बुद्धको क्रिडास्थल तथा सुद्धोधनको प्राचीन दरबारमा प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ४, २०७६
|
|
२४ पटक हेरिएको
Shares
गौतम बुद्धको क्रिडास्थल तथा सुद्धोधनको प्राचीन दरबारमा प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले आज भगवान् गौतमबुद्धको क्रिडास्थल तथा राजा शुद्घोधनको प्राचीन दरबार क्षेत्र अवलोकन गरेका छन् ।
  • उनले अवलोकनका क्रममा तिलौराकोटको विकासमा राज्यले ध्यान दिने बताए ।
  • प्रधानमन्त्री ओलीले तिलौराकोटको अवलोकन पश्चात् पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस क्षेत्रको विकासका लागि सङ्घीय सरकारले प्राथमिकता दिने उल्लेख गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज भगवान् गौतमबुद्धको क्रिडास्थल तथा राजा शुद्घोधनको प्राचीन दरबार क्षेत्र अवलोकन गरेका छन् । उनले अवलोकनका क्रममा तिलौराकोटको विकासमा राज्यले ध्यान दिने बताए । प्रधानमन्त्री ओलीले तिलौराकोटको अवलोकन पश्चात् पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस क्षेत्रको विकासका लागि सङ्घीय सरकारले प्राथमिकता दिने उल्लेख गरे । ओलीले तिलौराकोट क्षेत्रको अवलोकनका अवसरमा तिलौराकोटमा गरिएको उत्खनन, अनुसन्धान र संरक्षणले यसको विकासको ढोका खुलेको समेत बताए ।

प्रदेश नं ५ सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रम र २५६३औँ बुद्धजन्ती कार्यत्रममा लुम्बिनी आएका प्रधानमन्त्री ओलीले भ्रमणकै क्रममा तिलौराकोटको पनि अवलोकन गरेका हुन् । प्रधानमन्त्रीका साथमा प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, कृषि तथा पशुपक्षी विकासमन्त्री चत्रपाणी खनाल, नेकपाका महासचिव विष्णु पौडेल लगायतका नेता सहभागी थिए । प्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले तिलौराकोटको ऐतिहासिक पृष्ठभूमि, उत्खनन, अनुसन्धानबाट प्राप्त उपलब्धिबारे जानकारी गराएका थिए ।

तिलौराकोटमा विगत ६ वर्षदेखि बेलायतको दुहार्म विश्वविद्यालय र पुरातत्व विभागले संयुक्तरुपमा उत्खनन, अनुसन्धान गरिरहेको छ । तिलौराकोट विश्वसम्पदा सूचीका लागि प्रस्तावित स्थलसमेत हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?