हुम्लामा कांग्रेसका आधिकारिक र बागी उम्मेदवारबीच तनाव

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०७४
|
|
४२६ पटक हेरिएको
Shares

सारांश

  • वैशाख ३१, २०७४- हुम्लाको खार्पुनाथ गाँउपालिकाको वडा नम्बर ५ मा काग्रेस दुई समूहबीच तनाव हुँदा स्थिति नियन्त्रणमा लिने प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।
  • त्यहाँ काग्रेसका आधिकारिक र बागी उम्मेदवारका पक्षधरहरुबीच लडफा भएको हो ।
  • कांग्रेसका भिमबहादु शाही अधिकारिक र बागीको रुपमा प्रकाशबहादुर शाही उम्मेदवार छन् ।

वैशाख ३१, २०७४- हुम्लाको खार्पुनाथ गाँउपालिकाको वडा नम्बर ५ मा काग्रेस दुई समूहबीच तनाव हुँदा स्थिति नियन्त्रणमा लिने प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । त्यहाँ काग्रेसका आधिकारिक र बागी उम्मेदवारका पक्षधरहरुबीच लडफा भएको हो ।

कांग्रेसका भिमबहादु शाही अधिकारिक र बागीको रुपमा प्रकाशबहादुर शाही उम्मेदवार छन् । एउटै पार्टीका दुई समूहबीच ढुंगामुढा प्रहार हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको हो । कर्णालीको तिरमा मतदान स्थल छ । मतदानस्थल भन्दा माथिबाट ढुंगा मुढा प्रहार भएको थियो । दुई पक्षबीचको तनावका कारण झण्डै आधा घण्टा मतदान स्थगित भएको थियो । खार्पु खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीको गाउँ पनि हो । मन्त्री शाही अहिले हुम्लामै छन् ।

स्थिति  तनावपूर्ण भएपछि मन्त्री शाहीले नै खार्पुमा थप सुरक्षाकर्मी परिचालनका लागि पहल गरेका थिए । १५ जनाको थप सुरक्षाकर्मीको टोली खार्पु पुगेको छ । अहिले स्थिति नियन्त्रणमा आएकाले मतदान सुचारु भएको हुम्लाका डिएसपी कमल नेपालीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?