भरतपुर महानगरपालिकामा राेचक प्रतिश्पर्धा
सारांश
- चितवन।
- भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ।
- पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले छ हजार २०७ मतका साथ अग्रता लिएकी हुन्।
चितवन। भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ। पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले छ हजार २०७ मतका साथ अग्रता लिएकी हुन्।
नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले छ हजार ११५ मतका साथ उनलाई पच्छ्याइरहेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार २२ मत प्राप्त गरेका छन्।
यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले सात हजार ५५८ र राप्रपाका हिमला गुरुङले पाँच हजार १० मत प्राप्त गरेकी छन्। भरतपुर महानगरपालिका–५ को एक हजार ३१७ मत गणना हुँदा वडाध्यक्षमा गठबन्धनका युद्धप्रसाद श्रेष्ठले ५७८ मत र नेकपा एमालेका पदमपाणि सुवेदीले ५७२ मत प्राप्त गर्नु भएको छ।
यसअघि महानगरको वडा नं १, २ र ४ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ भने वडा नं ३ मा नेकपा एमालेका वडाध्यक्ष निर्वाचित भएका छन्। भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ। यस्तै जिल्लाको माडी र इच्छाकामना बाहेकका चार पालिकामा पाँच दलीय गठबन्धनको अग्रता कायमै छ।
प्रतिक्रिया