आयातीत दिवस ‘भ्यालेन्टाइन डे’
सारांश
- काठमाडौं ।
- आयातीत एउटा दिवस ‘भ्यालेन्टाइन डे’ हरेक वर्षको फेब्रुअरी १४ नेपालमा पनि प्रख्यात भैसकेको छ ।
- संसारका विभिन्न भागमा मनाइने भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइन्छ ।
काठमाडौं । आयातीत एउटा दिवस ‘भ्यालेन्टाइन डे’ हरेक वर्षको फेब्रुअरी १४ नेपालमा पनि प्रख्यात भैसकेको छ । संसारका विभिन्न भागमा मनाइने भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइन्छ ।
हुन त यस्ता खालका धेरै दिवसहरु नेपालमा आयातीत भैसकेका र युवा पुस्ताले मनाउन थालिसकेका छन् ।
विश्वव्यापीकरणको प्रभावसँगै केही वर्षयता भ्यालेन्टाइन डे नेपालमा मनाउन थालिएको हो । यो विस्तारै विस्तारै बढ्दैछ । विशेषगरी युवापुस्ताले यसको अनुशरण गरेको देखिन्छ ।
वास्तवमा प्रेम गर्न, मनका कुरा साटासाट गर्न दिवसै नचाहिएपनि प्रेम गर्न चाहनेका लागि विशेष दिन बन्दैछ । प्रेमीप्रेमिकाले आफ्नो प्रेमको सफलतामा खुसी प्रकट गर्दै भविष्यमा अझै गाढा प्रेम बसोस् भनी कामना गर्ने दिनका रुपमा युवा पुस्ताले लिने गरेका छन् ।
एक साता देखि नै विभिन्न ‘डे’का नाममा खर्च गरेर भड्किलो तरिकाले मनाउन थालिएको छ । भ्यालेन्टाइन डे मनाउन सकिनसकी धेरै पैसा खर्च गर्नुपर्छ भन्ने छैन । आजको दिनलाई सामान्य ढंगले मनाउन पनि सकिन्छ ।
प्रतिक्रिया