महेश बस्नेतको खुलासा : ‘दिउँसोसम्म भक्तपुर, साँझ एकाएक हेटौँडा !’
सारांश
- भक्तपुर, माघ ५ ।
- प्रदेश नम्बर ३ को अस्थायी केन्द्र मकवानपुरको हेटौँडालाई तोकिएपछि भक्तपुरमा यसको विरोध भएको छ ।
- जिल्ला समन्वय समिति भक्तपुरले बिहीबार जिसस हलमा आयोजना गरेको छलफलबाट सरकारको निर्णयको विरोधमा आन्दोलनको कार्यक्रम समेत घोषणा गरेको छ ।
भक्तपुर, माघ ५ । प्रदेश नम्बर ३ को अस्थायी केन्द्र मकवानपुरको हेटौँडालाई तोकिएपछि भक्तपुरमा यसको विरोध भएको छ । जिल्ला समन्वय समिति भक्तपुरले बिहीबार जिसस हलमा आयोजना गरेको छलफलबाट सरकारको निर्णयको विरोधमा आन्दोलनको कार्यक्रम समेत घोषणा गरेको छ ।
एमालेका युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले सरकारले खटाएको प्राविधिक टोली, जिल्ला समन्वय समिति र दलीय प्रतिनिधिको सुझावलाई लत्याउँदै सरकारले गरेको निर्णय तत्काल सच्याउन माग गर्दै आन्दोलनको घोषणा गरिएको जानकारी दिए ।
जिससमा भक्तपुरको बैठकमा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, समानुपातिक सदस्य, दलीय प्रतिनिधि, बुद्धिजीवी, पत्रकार र नागरिक समाजसहित सरोकारवालाहरूको छलफलले शनिबारदेखि आन्दोलन गर्ने घोषणा गर्दै सरकारलाई तत्काल निर्णय सच्याउन माग गरेको हो ।
मध्यपुर ठिमीको शिक्षा विभागको कार्यालयमा प्रदेश कार्यलय र बोडेस्थित कृषि विकाश बैंकको तालिम केन्द्रको हल संसद भवनको उपयुक्त भन्दै सरकारले तोकेको समितिले सिफारिश गरेको थियो ।
भक्तपुरबाट प्रतिनिधिसभा सदस्यमा समेत निर्वा्चित नेता बस्नेतले सरकारले अदूरदर्शी निर्णय गरेको आरोप लगाउँदै बुधबार दिउँसोसम्म भक्तपुरलाई नै ३ नं. प्रदेशको केन्द्र बनाउने निर्णय रहेकोमा अचानक निर्णय परिवर्तन भएको खुलासा गरे ।
साँझ उपप्रधानमन्त्री कमल थापाको एकलौटी निर्णयअनुसार ३ नम्बर प्रदेशको राजधानी घोषणा गरेको जानकारी गराइएको उनको दाबी छ । सरकारसँग तत्काल यो निर्णय सच्याएर भक्तपुरलाई नै प्रदेश राजधानी बनाउन माग गर्दै आन्दोलनको घोषणा गरिएको बस्नेतले बताए ।
प्रतिक्रिया