चार वर्षभित्र रिहार–भ्युसनपुर सडक कालोपत्रे गर्ने प्रतिबद्धता

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ३०, २०७५
|
|
४४ पटक हेरिएको
Shares
चार वर्षभित्र रिहार–भ्युसनपुर सडक कालोपत्रे गर्ने प्रतिबद्धता

सारांश

  • टेकबहादुर पुन दाङ, ३० भदौ ।
  • लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले देउखुरीको चर्चित धार्मिकस्थल रिहारदेखि लमही नगरपालिका ९ भित्र भ्युसनपुर गाउँसम्म जोड्ने करिब ७ किलोमिटर बाटो आगामी ४ बर्षभित्रमा कालोपत्रे हुने प्रतिबद्वता जनाएका छन् ।
  • बाल दिवसको अवसरमा प्राथमिक विद्यालय भ्युसनपुर कोलताराले आयोजना गरेको स्कुल सामग्री तथा छात्रबृत्ति बितरण कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख केसीले यहाँसम्म आउँदा निकै अप्ठ्यारा बाटाहरुको सामना गर्नुपरेको भन्दै त्यहाँका स्थानीयसँग आगामी ४ बर्षभित्रमा रिहार–भ्युसनपुर जोड्ने बाटोलाई पक्की सडकमा रुपान्त्रण गर्ने आश्वासन दिएका हुन् ।

टेकबहादुर पुन

दाङ, ३० भदौ । लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले देउखुरीको चर्चित धार्मिकस्थल रिहारदेखि लमही नगरपालिका ९ भित्र भ्युसनपुर गाउँसम्म जोड्ने करिब ७ किलोमिटर बाटो आगामी ४ बर्षभित्रमा कालोपत्रे हुने प्रतिबद्वता जनाएका छन् ।

बाल दिवसको अवसरमा प्राथमिक विद्यालय भ्युसनपुर कोलताराले आयोजना गरेको स्कुल सामग्री तथा छात्रबृत्ति बितरण कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख केसीले यहाँसम्म आउँदा निकै अप्ठ्यारा बाटाहरुको सामना गर्नुपरेको भन्दै त्यहाँका स्थानीयसँग आगामी ४ बर्षभित्रमा रिहार–भ्युसनपुर जोड्ने बाटोलाई पक्की सडकमा रुपान्त्रण गर्ने आश्वासन दिएका हुन् ।

लमही नगरपालिकाअन्तर्गतका अति बिकट क्षेत्र मध्य भ्युसनपुर कोलतारालाई पनि बिकट क्षेत्र भनेर चिन्ने गरिन्छ । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले बिद्यार्थीलाई स्कुलको भरमा मात्र नभई घरमा पनि सिकाईको वातावरण निर्माण गर्नुपर्ने बताएका थिए ।

त्यस अवसरमा कर्मठ महिला उद्यमी सहकारी सँस्था रिहार र हेफर इन्टरनेशनलको संयुक्त आर्थिक सहयोगमा करिब १ दर्जन विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो । लमही नगरपालिका वडा ९ को कार्यालयको आर्थिक सहयोगमा कक्षामा आवश्यक सामग्री, सेनेटरी प्याड, बच्चाका खेलौनाहरु लगायतका सामग्री विद्यालयलाई हस्तान्त्रण गरिएको थियो । त्यस्तै स्थानीय देवीमाया थापाले आफ्नो स्वर्गीय श्रीमानको सम्झनामा बिद्यालयलाई २ थान राष्ट्रिय झण्डा हस्तान्त्रण गरेकी थिइन् । अहिले प्राबि भ्युसनपुरमा ११५ जना बालबालिका अध्यनरत छन् ।

प्राबि भ्युसनपुर बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पूर्णप्रकाश विश्वकर्माको अध्यक्षता र लमही नगरपालिकाका मेयर कुलबहादुर केसीको प्रमुख आतिथ्यता तथा लमही नगरपालिका वडा ९ का वडा अध्यक्ष भेषबहादुर केसीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा लमही नपा ९ का वडा सदस्य पार्बती बिक, खिमबहादुर योगी, कर्मठ महिला उद्यमी सहकारी संस्था रिहारका अध्यक्ष देवीमाया थापाले मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै, बगारबाबा माबि रिहारका प्रधानाध्यापक श्याम चौधरी, मावि सिक्टाका शिक्षक यमबहादुर बस्नेत, पत्रकार किरण शाह लगायतले मन्तव्य व्यक्त गरेका थिए । शिक्षिका राधा सिंहको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन प्रावि भ्युसनपुरका प्रधानाध्यापक ओमप्रकाश बस्नेतले गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?