शक्ति बाँडफाँट मिलाएर गर्नुपर्छ, जिद्दी गरेर पार्टी एकता हुँदैन : माओवादी नेता रायमाझी

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १६, २०७४
|
|
४४ पटक हेरिएको
Shares
शक्ति बाँडफाँट मिलाएर गर्नुपर्छ, जिद्दी गरेर पार्टी एकता हुँदैन : माओवादी नेता रायमाझी

सारांश

  • काठमाडौं, पुस १६ ।
  •   नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले छिटोमा १५ दिन र ढिलोमा १ महिनाभित्रमा नयाँ सरकार बन्ने दाबी गरेका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता रायमझीले राष्ट्रियसभा गठनसम्बन्धी विवाद सल्टिएको बताउँदै अब सरकार गठनका लागि १ महिना पर्याप्त हुने बताए ।

काठमाडौं, पुस १६ ।  नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले छिटोमा १५ दिन र ढिलोमा १ महिनाभित्रमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता रायमझीले राष्ट्रियसभा गठनसम्बन्धी विवाद सल्टिएको बताउँदै अब सरकार गठनका लागि १ महिना पर्याप्त हुने बताए ।

वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने विषयमा आशंका नगर्न रायमाझीले आग्रह गरेका छन् । एमाले र माओावदीबिचको सरकार बन्न नदिनका लागि खेलहरु भइरहे पनि कसैले रोक्न नसक्ने उनले बताए ।

पार्टी एकताको विषय अगाडि बढिरहेको बताउँदै रायमाझीले बाम गठबन्धनको सरकार बनाउने प्रक्रिया पनि अगाडि बढिरहेको बताए ।

पार्टी एकताका क्रममा विभिन्न नेताहरुले दिएको अभिव्यक्तिका कारण कुनै असर नपर्ने उनको भनाई छ । नेतृत्वको विषयलाई लिएर आएका अभिव्यक्ति आधिकारिक नभएको बताउँदै उनले संयोजन समितिको बैठकले सबै कुरा टुङ्गो लगाउने बताए ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने भन्ने विषय छलफलकै क्रममा रहेको उनको भनाई छ । अहिलेसम्म बाहिर आएका कुरा फेरबदल हुन सक्ने रायमाझीको भनाई छ । सरकारको नेतृत्व र पार्टीको नेतृत्व दुवैमा आलोपालो गर्ने विषयमा पनि छलफल भइरहेको उनको भनाई छ ।

शक्ति बाँडफाँट मिलाएर गरिने भन्दै उनले कसैले जिद्दी गर्दैमा पार्टी एकता नहुने बताए । रायमाझीले गृहकार्य गरेर सहमतिको नजिक पुगेपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर सबै कुरा टुङ्गो लगाइने बताए ।

(winandoffice.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल हुन नसक्नुमा कांग्रेसमा अराजकहरुको भीड ,प्रचण्ड
स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल हुन नसक्नुमा कांग्रेसमा अराजकहरुको भीड ,प्रचण्ड
रबि लामिछानेले चितवन २ बाट मंसिरमा भन्दा बढी मत पाउने संकेत
रबि लामिछानेले चितवन २ बाट मंसिरमा भन्दा बढी मत पाउने संकेत
निर्वाचनमार्फत स्थायी राजधानीको टुङ्गो लगाउने तयारी
निर्वाचनमार्फत स्थायी राजधानीको टुङ्गो लगाउने तयारी
काठमाडौँमा डेरा पनि पाएनन् कृष्णबहादुर महराले
काठमाडौँमा डेरा पनि पाएनन् कृष्णबहादुर महराले
प्रधानमन्त्री ओलीलाई नेपाल र खनालको दबाब, डा. केसीसँग तत्काल वार्ता गर्नुहोस
प्रधानमन्त्री ओलीलाई नेपाल र खनालको दबाब, डा. केसीसँग तत्काल वार्ता गर्नुहोस
मलमासले गर्दा रोकियो हास्य कलाकार ‘बल्छी धुर्बेको’ हनिमुन !!!
मलमासले गर्दा रोकियो हास्य कलाकार ‘बल्छी धुर्बेको’ हनिमुन !!!
नेप्सेमा उच्च अङ्कको गिरावट
नेप्सेमा उच्च अङ्कको गिरावट
नियमित उडान नहुँदा हुम्ली यात्रुलाई सास्ती
नियमित उडान नहुँदा हुम्ली यात्रुलाई सास्ती
बलिउडका यी चर्चित गायकलाई विदेशी रकम तस्करीको आरोपमा पत्र
बलिउडका यी चर्चित गायकलाई विदेशी रकम तस्करीको आरोपमा पत्र
बिजुलीको फलामे खम्बा सार्दा करेन्ट लागेर ४ जनाको मृत्यु
बिजुलीको फलामे खम्बा सार्दा करेन्ट लागेर ४ जनाको मृत्यु