शनिबारदेखि मौसम सफा हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १२, २०७७
|
|
२४ पटक हेरिएको
Shares
शनिबारदेखि मौसम सफा हुने

सारांश

  • काठमाडौं, मंसिर १२ ।
  • पश्चिमी वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शनिबारदेखि सुधार हुँदै जाने भएको छ ।
  • आज रातिदेखि पश्चिमी वायुको प्रभाव क्रमशः हटेर जाने भएकाले शनिबारदेखि देशभर मौसम सफा हुनेछ ।

काठमाडौं, मंसिर १२ । पश्चिमी वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शनिबारदेखि सुधार हुँदै जाने भएको छ । आज रातिदेखि पश्चिमी वायुको प्रभाव क्रमशः हटेर जाने भएकाले शनिबारदेखि देशभर मौसम सफा हुनेछ ।

उक्त प्रणाली पश्चिम भूभागबाट बाहिरिने क्रम शुरु भइसकेकाले वर्षा हुने सम्भावना कमै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । मौसम सफा भएसँगै तापक्रम पनि निरन्तर घट्ने क्रम शुरु हुनेछ । आकाशमा बादल नभएर खुला हुनु, उत्तर पश्चिमी वायु बहनुजस्ता कारणले चिसो बढ्ने बताइएको छ । हाल देशका प्रदेश नं १ र २, वाग्मती र गण्डकीका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

प्रदेश नं १ र २, वाग्मती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुनेछ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २२ दशमलव छ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको न्यूनतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस छ ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो उद्घाटन
अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो उद्घाटन
अर्थमन्त्री महतले भने : ब्याजदरको समस्या समाधान हुन्छ
अर्थमन्त्री महतले भने : ब्याजदरको समस्या समाधान हुन्छ
नेकपाको तल्लो तहको एकता प्रक्रिया अझै लम्बिने
नेकपाको तल्लो तहको एकता प्रक्रिया अझै लम्बिने
फूल खेतीतर्फ आकर्षण बढ्दो….
फूल खेतीतर्फ आकर्षण बढ्दो….
राजनितिक तरङ्ग:प्युठानमा बावु छोराबीचमै यस्तो प्रतिस्पर्धा
राजनितिक तरङ्ग:प्युठानमा बावु छोराबीचमै यस्तो प्रतिस्पर्धा
महामारीका रुपमा फैलिँदैछ तनाव
महामारीका रुपमा फैलिँदैछ तनाव
धर्ती नफाटुन्जेल सहिराख : ती दाइ भनाउँदा ब्यक्ति निद्रामै मेरो स्तन अँठयाइरहेका रहेछन
शनिवार एकैदिनमा थपिए ५ हजार ८ जना कोरोना संक्रमित
मुख्यमन्त्रीलाई माडीमा भव्य स्वागतः माडीका मेयरले भने, ‘जनतासगैँ आन्दोलन गर्छु’
मुख्यमन्त्रीलाई माडीमा भव्य स्वागतः माडीका मेयरले भने, ‘जनतासगैँ आन्दोलन गर्छु’
गठबन्धनका दलले एक्लै बहुमत ल्याउँछु भनेर घमण्ड र अहङ्कार नदेखाउन अध्यक्ष नेपालको आग्रह

तपाईंले छुटाउनुभयो कि?