एमसीसी पारित नभए के हुन्छ ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २०, २०७६
|
|
३६ पटक हेरिएको
Shares
एमसीसी पारित नभए के हुन्छ ?

सारांश

  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यसमितिका अधिकांश सदस्ये अमेरिकाले नेपाललाई उपलब्ध गराउने मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सहयोग लिनुहुँदैन भन्नेमा जोड दिए ।
  • थोरैले मात्र यसको पक्ष लिएपनि सैन्य रणनीति होइन भनी प्रष्ट भएपछि मात्र लिनुपर्छ भने ।
  • नेकपाभित्र अध्यक्षहरु केपी शर्मा ओली र प्रचण्डको नै एमसीसीबारे मत बाझिाएको देखियो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यसमितिका अधिकांश सदस्ये अमेरिकाले नेपाललाई उपलब्ध गराउने मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सहयोग लिनुहुँदैन भन्नेमा जोड दिए । थोरैले मात्र यसको पक्ष लिएपनि सैन्य रणनीति होइन भनी प्रष्ट भएपछि मात्र लिनुपर्छ भने ।

नेकपाभित्र अध्यक्षहरु केपी शर्मा ओली र प्रचण्डको नै एमसीसीबारे मत बाझिाएको देखियो । केन्द्रीय कार्यसमिति बैठकमा ओली र प्रचण्डको मत बाझिएको सन्देश गएको स्थायी समिति सदस्य विष्णु रिजालले बताएका छन् । अर्कोतर्फ, केन्द्रीय समितिमा अमेरिका विरोधी आवाज स्पष्ट सुनिए ।

जतिसुकै विरोध गरेपनि एमसीसी संसदबाट पारित गर्नुपर्ने पक्षमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली देखिएका छन् । अर्का अध्यक्ष प्रचण्ड चाहिं यसबारे अझै सोचिनुपर्ने भन्दै आएका छन् । नेकपाले टुंगो नलगाएसम्म एमसीसी निर्णयमा पुग्दैन किनभने संसदमा नेकपाको बहुमत छ ।
नेकपाले यसबारे टुंगो लगाउने वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा भीम रावल र प्रदीपकुमार ज्ञवाली सदस्य रहने गरी तीन सदस्यीय कार्यदल पनि गठन गरेको छ । यसको प्रतिवेदनका आधारमा सचिवालयले निर्णय लिनसक्छ । नभए अध्यक्षद्धयमा निर्णायधिकार जानसक्छ ।

एमसीसी पारित हुने सम्भावना बलियो छ । स्वयं प्रचण्ड निकटस्थ नेताहरुले पनि यो पारित हुने बताइसकेका छन् । टोपबहादुर रायमाझी र देवेन्द्र पौडेलले एमसीसी पारित हुने बताएबाट यसको संकेत मिल्छ । तर, राजनीतिमा कहिलेकाहीं यताउता हुनसक्छ । यदि एमसीसी पारित नभए प्रधानमन्त्री ओलीमाथि नैतिक दबाब पर्न सक्छ । यसले उनी कमजोर ठहरिन सक्छन् । आफ्नो कार्यनीति कमजोर नभएमा सरकारको भविष्यमा समेत चुनौती बढ्न सक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मर्स्याङ्दी बस दुर्घटना: मृत्यु हुनेको संख्या २७ पुग्यो
मर्स्याङ्दी बस दुर्घटना: मृत्यु हुनेको संख्या २७ पुग्यो
प्रधानमन्त्रीको चीन भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउन माग
प्रधानमन्त्रीको चीन भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउन माग
चैतसम्ममा काठमाडौँलाई मगन्तेरहित बनाइने
चैतसम्ममा काठमाडौँलाई मगन्तेरहित बनाइने
सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री
सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री
लम्बिँदै पार्टी एकता संयोजन बैठक …..
लम्बिँदै पार्टी एकता संयोजन बैठक …..
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता
अर्थतन्त्र जटिल समस्यामा छैन : थपलिया
अर्थतन्त्र जटिल समस्यामा छैन : थपलिया
पूर्व युवराजको स्वास्थ्य अझै स्थिर, खतरामुक्त नभई सकेको नर्भिक अस्पतालको विज्ञप्ति
पूर्व युवराजको स्वास्थ्य अझै स्थिर, खतरामुक्त नभई सकेको नर्भिक अस्पतालको विज्ञप्ति
प्रधानमन्त्री पुष्पकमल दाहालले आज पदबाट राजीनामा दिने
नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आइतबार अन्तिम दिन
नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आइतबार अन्तिम दिन

तपाईंले छुटाउनुभयो कि?