राष्ट्रपति ट्रम्पले साउदी अरबमाथि किन यस्तो भाषा बोले !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १९, २०७५
|
|
२७ पटक हेरिएको
Shares
राष्ट्रपति ट्रम्पले साउदी अरबमाथि किन यस्तो भाषा बोले !

सारांश

  • बीबीसी ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबका राजा सलमानले अमेरिकी सेनाको सहयोग विना साउदीमा दुई हप्तासम्म पनि शासन गर्न नसक्ने टिप्पणी गरेका छन् ।
  • अमेरिकाको मिसिसिपी राज्यमा एक सभालाई सम्वोधन गर्दै राष्ट्रपति ट्रम्पले भने–हामी साउदी अरबको सुरक्षा गर्छौं।

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबका राजा सलमानले अमेरिकी सेनाको सहयोग विना साउदीमा दुई हप्तासम्म पनि शासन गर्न नसक्ने टिप्पणी गरेका छन् ।

अमेरिकाको मिसिसिपी राज्यमा एक सभालाई सम्वोधन गर्दै राष्ट्रपति ट्रम्पले भने–हामी साउदी अरबको सुरक्षा गर्छौं। म राजा सलमानलाई मन पराउँछु। तर मैले ‘उहाँलाई हामीले तपाइँको सुरक्षा गरिरहेका छौं। यदि हामी तपाइँको साथमा नहुने हो भने तपाइँ दुई हप्तासम्म पनि शासन गर्न सक्नुहुन्न’ भनिदिएको छु ।’

उक्त कुरा कहिले साउदी राजालाई भनेको भन्ने विषयमा भने ट्रम्पले केही खुलाइनन् । साउदी अरब साडी मुलुकमध्ये अमेरिकाको सबैभन्दा विश्वासिलो देश हो ।

कुवेत मुद्दामाथि भएको पहिलो इराक युद्धदेखि लिएर अहिलेसम्म साउदी र अमेरिकाका अहिलेसम्म साथमै छन् । यस्तो अवस्थामा के प्रश्न उठ्छ भने ट्रम्पले सहयोगी मुलुककालागि यस्तो कडा शब्दको प्रयोग किन गरे?

राष्ट्रपति बनेपछि साउदी अरब ती देशमध्येको एक थियो जहाँ ट्रम्प पुगेका थिए। साउदी अरबमा तलवारको डान्स भएको भिडियो निकै भाइरल भएको थियो। करिव डेढ वर्षमा नै यस्तो सम्बन्धको न्यायोपना किन हराउँदै गएको छ?

यसको सहज विवेचना ट्रम्प सामान्यतया धेरै सोच विचार नगरी सार्वजनिक रुपमा अभिव्यक्ति दिन्छन् भन्ने हुन सक्छ।

तेलको खेल
शायद राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगीमाथि तेलको बढ्दो मूल्य नियन्त्रण गर्नकालागि यस्तो अभिव्यक्ति दिएको हुनसक्छ।

यसअघि पनि अमेरिकाले साउदी अरबलाई तेलका विषयमा चेतावनी दिँदै आएको थियो। यही वर्ष जुनमा राष्ट्रपति ट्रम्पले एक ट्वीटमार्फत साउदी अरबका राजा सलमानलाई तेलको मूल्य घटना आग्रह गरेका थिए। उनले तेलको मूल्य कम गर्न साउदी अरब तयार भएको पनि जनाएका थिए।

त्यतिबेला ट्रम्पले तेलको मूल्य बढ्नुमा इरान र भेनेजुएला जिम्मेवार भएको बताएका थिए।
तर, केही समय अगाडि अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यद्यपी यो प्रतिबन्ध नोभेम्बरदेखि लागू हुनेछ। तर, अमेरिकाको उक्त घोषणापछि तेलेको बजार मूल्य बढ्न थालेको थियो। इरान कच्चा तेलको मुख्य निर्यातकर्ता मुलुक हो। इरानले प्रत्येक दिन करिव तीस लाख ब्यारल तेल निर्यात गर्छ।

तेलको मूल्यमाथि निगरानी राख्ने स्टीफन इननेसले रोयटर्ससँग भने–जब नोभेम्बरमा इरानको तेलमाथि प्रतिबन्ध सुुरु हुन्छ, तब बजारमाथि धेरे दबाव पढ्छ। यस्तो समयमा शायद प्रतिबन्धको असर पनि झनै मात्र पर्न सक्छ। र बजारको अवस्था झन बिग्रिन सक्छ।’

इरानमाथि प्रतिबन्धबाट तेलको मूल्य बढ्यो भने त्यसको घाटा अमेरिकालाई नै हुन्छ। तेलको मूल्य नियन्त्रण गर्नकालागि साउदी अरबमाथि दबाव कायमै रहन्छ र ट्रम्पको पछिल्लो अभिव्यक्तिले पनि त्यसैलाई संकेत गर्छ।

मुसलमानको पवित्र धार्मिकस्थल मक्का र मदिना साउदी अरबमा भएका कारण विश्वका करोडौं मुसलमान साउदीलाई पवित्र मान्छन्। तर, शिया बाहुल्य इरान इस्लामिक विश्वको अगुवाईकालागि साउदीलाई आफ्नो प्रतिद्वन्द्वी ठान्छ।

इराकको उथप–पुथल, मध्यपूर्वमा इस्लामिक चरमपन्थी र इरानको कथित परमाणु कार्यक्रम साउदी अरब र अमेरिकाबीचको सम्बन्धलाई झन् नजिक ल्याउँछ। यस्तोमा ट्रम्पको पछिल्लो अभिव्यक्तिको वावजूद यी दुवै देशबीचको सम्बन्ध यथास्थितिमा नै रहिरन्छ। किनभने तत्काल इरान र इस्लामिक चरमपन्थीका कारण दुवै मुलुकलाई एकअर्काको सहयोग आवश्यक छ।

ट्रम्पले राष्ट्रपति बनिसकेपछि कयौं पटक साउदी अरब र उसका सत्ताधारी परिवारकालागि कडा शब्दको प्रयोग गरेका छन्। खाडीको संचारमाध्यममा यसप्रति एक प्रकारको रोष पनि छ। मिडिया ईस्ट आईमा मदावी अल–रशीद लेख्छिन्–ट्रम्पको अमेरिका र साउदी अरबबीचको सम्बन्धमा कुटनीतिकको पर्दा नै गायव छ। यसमा विनम्र भाषासमेत छैन।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?