अनि वीपी देशकै पहिलो निर्वाचित प्रधानमन्त्री बने…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ७, २०७५
|
|
५६ पटक हेरिएको
Shares
अनि वीपी देशकै पहिलो निर्वाचित प्रधानमन्त्री बने…

सारांश

  • जगत नेपाल अनशनकोे २४औं दिन बीपी बेहोस भए ।
  • सिद्धिमणिसहित तीन जना डाक्टरको टोलीद्दढले जाँच गरी अब पनि अनशन जारी राखे नबाँच्ने रिपोर्ट दिएपछि राणा सरकारले राति स्ट्रेचरमा राखेर उनलाई परिवारको जिम्मा लगाउन खोज्यो ।
  • ब्रह्महत्याको डरले मोहन शमशेर आत्तिएका थिए ।

जगत नेपाल
अनशनकोे २४औं दिन बीपी बेहोस भए । सिद्धिमणिसहित तीन जना डाक्टरको टोलीद्दढले जाँच गरी अब पनि अनशन जारी राखे नबाँच्ने रिपोर्ट दिएपछि राणा सरकारले राति स्ट्रेचरमा राखेर उनलाई परिवारको जिम्मा लगाउन खोज्यो । ब्रह्महत्याको डरले मोहन शमशेर आत्तिएका थिए । तर राणाको बन्दी हँुदै तीन वर्षअघि मात्र मृत्यु भएका पति कृष्णप्रसादको चितामा दागबत्ती दिएकी दिव्याले सरकारको कैदी रहँदासम्म छोराको जिम्मा नलिने अडान लिइन् । दिव्याले प्रस्टै भनेकी थिइन्, “जबसम्म मेरो छोरा छुट्दैन, ऊ सरकारको कैदी छ, सरकारले नै जिम्मा लिनुपर्छ । म लिन्नँ ।”घण्
अनशनको २७औं दिनमा विजय शमशेर (श्री ३ मोहनका छोरा)ले दिव्या र सुशीला, विजयालक्ष्मीलाई सिंहदरबारमै प्रधानमन्त्रीसँग भेट गराए । त्यो भेटमा भएको वार्तालापको अंश—
मोहन : अब छोरा तिम्रो जिम्मामा छन् । जे गर्नु छ, गर्नू ।
दिव्या : महाराज थुनामा रहँदासम्म ऊ सरकारको जिम्मामा छ ।
मोहन : एउटा हठी युवकको दबाबअगाडि सरकारले कसरी घुँडा टेक्ने ? सरकारले पनि त आफनोे मर्यादा राख्नुप¥यो !
दिव्या : मेरो छोराको मर्यादाअगाडि तपार्इंको के मर्यादा ?
मोहन : आक्रोशित हुँदै छोरा विजयतर्फ हेरेर भन्न थाले— तिमीले नै भेट्नुपर्छ भनेर जोड गरेको त हो नि ! यस्तै जवाफ आउँछ भन्ने मलाई थाहा थियो ।
दिव्या : महाराज, तानाशाही सरकारको तुलनामा मेरो छोराको इज्जत धेरै ठूलो छ ।
मोहन : ठीक छ । त्यसो भए तिम्रो छोरा मर्छ ।
दिव्या : धम्की नदिइबक्सियोस्, महाराज । काठमाडौंमा मेरो तीतो अनुभव छ । पतिको मृत्यु यहीँ खेपें । यही काठमाडौंमा मेरा पतिको पार्थिव शरीरलाई चितामा जलाएर छोराको दाहसंस्कार गर्न म फेरि आएकी
छु (चटर्जी, २०६३ ः ९३) ।”
ब्रह्महत्याको दोष लाग्ने डरले प्रधानमन्त्री मोहन अप्ठ्यारोमा परेका थिए । आफनोे आदेशमा थुनिएका बाहुन मरे भने पापको भारी बोक्नुपर्छ भनेर उनी लचिलो हुन बाध्य भए । प्रधानमन्त्रीलाई धर्मशास्त्रमा ठूलो विश्वास थियो । उनी हरेक दिन बिहान टाउकोमा रूद्राक्षको माला लगाएर घण्टौं पूजा गर्थे । “गाई र बाहुनलाई सदा पूजा गर्दथे र निकै मान्दथे । बाहुनलाई टीका लगाई तुलसी, पीपल तथा गाईपूजा गरेर मात्र मुखमा पानी हाल्थे । परिवारमा कसैले झुक्किएर नङ टोक्यो भने पनि उपवास बसाएर गौदान
गराउँथे (पाँडे, २०४५ ः १५८) ।”
महाराजले दिव्यासँग कुरा गर्न उनका नातेदार नरेन्द्रमणि दीक्षितलाई पठाए । बीपीले भनेका छन्, “हस्याङफस्याङ गर्दै उनी आमाहरु बसेको धर्मशाला पुगे । मेरी आमाले उनलाई भन्नुभयो— करिब २० वर्षपछि मलाई सम्झेछौ । मेरो नातेदारका रुपमा त म तिमीलाई मान्दिनँ । म तिमीलाई मोहन शमशेरको दूतका रुपमा लिन्छु । तिमी किन यहाँ आएको बताऊ, के
चाहियो (चटर्जी, २०६३ ः ९३ र ९४) ?”
भाँचिन तयार हुने, तर नझुक्ने महाराज मोहन धर्म र पापको डरले मात्रै लत्रिन बाध्य भएका थिए । दीक्षितले महाराज धर्मात्मा र दयालु छन्, एउटा बाहुनलाई मर्न दिँदैनन् भनेर सम्झाउन खोजे । तर जेलबाट मुक्त नहँुदासम्म छोराको जिम्मा नलिने अडान दिव्याले छाडिनन् । अन्त्यमा “डा. सिद्धिमणि दीक्षितमार्फत प्रधानमन्त्री मोहनले थुनामुक्त गर्ने र उनलाई भेटेर राजबन्दीबारे कुराकानी गर्ने विश्वास दिलाएपछि २९औं दिनघज्ञमा बीपीले अनशन तोडे (कोइराला, २०६७ ः १०६) ।” जेलमुक्त भएपछि कालिकास्थाननजिकैको एउटा घरमा बीपी स्वास्थ्यलाभ गरिरहेका थिए । उनको उपचारका लागि डाक्टरका साथै महाराजले आफनोे निजी वैद्यसमेत पठाएका थिए । स्वास्थ्यमा क्रमिक सुधार हुँदै थियो । जेलमुक्त भएको १२औं दिन साँझ बीपीलाई लिन मोहन शमशेरले आफनो विश्वासिला सहयोगी खटाए ।
सिंहदरबारको बेलायती बैठकमा तीन ओटा ‘फोल्डिङ’ मेच राखिएका थिए । दुई छोरा शारदा र विजयलाई दायाँबायाँ राखेर महाराज आफूचाहिँ बीचको कुर्सीमा बसे । सरदार नरेन्द्रमणि दीक्षित, मिरसुब्बा उपेन्द्रपुरूष पनि त्यहाँ थिए । राणाजीलाई देख्नासाथ “बाहुनले दुई हात जोडेर स्वस्ति गर्नुपर्ने, नेवारहरुले आनै प्रकारले सम्मान दर्साउनुपर्ने र क्षेत्रीहरुले सलाम गर्नुपर्ने चलन थियो (नेपाल, २०६७ः २०) ।” महाराजलाई ‘बाहुनी स्वस्ति’घद्द (घुँडासम्म हात झारी अति निहुरेर त्यस बखत बाहुनले राणाजीलाई गर्ने स्वस्ति) गर्नुपर्ने । दरबारको चालचलन थाहा नभएका बीपीले हिन्दुस्तानी ढाँचाको प्रणाम गरे । “श्री ३ मोहनलाई त्यो खट्कियो (पाँडे, २०४५ ः १५८) ।
रिसको झोकमा उनी कड्किए, “तिमी हाम्रो गाथगादी ताक्न आएका होइनौ ? तिमी जस्ता भुरे ठेट्नाहरुले कराउनेबित्तिकै कसैले राज्य दिँदैन, राज्य गर्नको लागि पुर्पुरोमा लेख्नुपर्छ ।” “अँ, त्यो कुरा निधारमा लेखिएको हुन्छ,” औंलाले आफनोे निधार देखाउँदै उनले भने । “प्रधानमन्त्रीको झण्डा देखाउँदै उनले फेरि भने, तिमीले यो लिन खोजेको ? (चटर्जी, २०६३ ः ९५) ।” बीपीले भने,
“महाराज हामी प्रजातान्त्रिक स्वतन्त्रता र नागरिक अधिकार चाहन्छौं । पछि स्थिति बन्यो भने जनउत्तरदायी सरकार पनि माग्नेछौं (चटर्जी, २०६३ ः ९५) ।” रिसको आवेगमा मोहनले भन्न थाले, “तिमीहरुलाई लाग्दो हो, मैले जवाहरलाल नेहरूको दबाबमा छाडें । कसैको दबाबमा छाडेको होइन । बाहुनको छोरो मर्न लाग्यो भनी डाक्टरले भनेकाले छोडेको
हँु (कोइराला, २०६७ ः १०६) ।”
भेटमा महाराजले भने, “तिम्रो स्वास्थ्य राम्रो छैन । बम्बै वा अन्यत्र जहाँ राम्रो हुन्छ, गएर उपचार गराऊ । तिमीलाई अब कुनै रोकतोक छैन । तिमी स्वतन्त्र भयौ । तर शक्ति हस्तान्तरण हुन्छ भन्ने भ्रममा नपर्नू । त्यो त ललाटमा लेखिएको हुनुपर्छ ।” मोहनले सीमित राजनीतिक सुधार गर्ने वचन पनि दिए । महाराजको त्यही आश्वासनका कारण नेपाली राष्ट्रिय काङ्ग्रेसले चलाएको सत्याग्रह रोक्न भारतमा रहेका नेताहरुलाई बीपीले काठमाडौंबाट तार पठाइदिए । सत्याग्रह स्थगित भयो ।
बीपी उपचारका लागि २००६ असार १ गते भारततर्फ लागे । तर प्रधानमन्त्रीले सुधार गर्ने सङ्केतसम्म देखाएनन् । तत्कालीन पार्टी सभापति मातृकाप्रसाद कोइरालाले भनेका छन्, “बीपीको तार पाएपछि मलाई लागेको थियो, प्रधानमन्त्री मोहन शमशेरसित कुनै वार्ताको अवसर प्राप्त हुने आश्वासनमा त्यो तार आएको हुनुपर्छ । तर होइन रहेछ । त्यो बेला सत्याग्रह स्थगित गर्नुलाई मैले आफनोे जीवनको ठूलो भूल ठानेको छु (गौतम, २०५५ ः २२७) ।” बीपी स्वयम्ले चाहिँ अहिंसात्मक आन्दोलन उपयुक्त छैन भन्ने लागेपछि रणनीतिक रुपमा त्यसलाई लिएको बताएका छन् । उनले भनेका छन्, “मैले काठमाडौंका जनतालाई सत्याग्रह नगर्न आग्रह गरें । तपाईंसँग तरबार नभएसम्म युद्ध मैदानमा कसरी जान सक्नुहुन्छ भन्ने प्रश्न राखें । त्यसपछि सुवर्ण शमशेरसँग सम्पर्क गरेर सशस्त्र क्रान्तिको तयारीका लागि हात मिलाएँ (गिरि ः १४९) ।”
बीपी कर्ममा विश्वास गर्थे, परिश्रमलाई पूजा गर्थे । धर्मकर्म, कर्मकाण्ड र ज्योतिषीमा खासै विश्वास गर्दैनथे । यति हुँदाहुँदै पनि जेलबाट मुक्त भएपछि आमा दिव्याको आग्रह टार्न नसकेर गजाधर पण्डित नामका एक जना राजज्योतिषसँग हात देखाएको प्रसङ्ग उनको आत्मवृत्तान्तमा उल्लेख छ । यी तिनै ज्योतिष थिए, जसले पिताजी कृष्णप्रसादको मृत्युको दिन नै तोकेका थिए । संयोगले त्यही दिन उनको मृत्यु भयो । बीपीले भनेका छन्, “उनले मलाई कुनै कुरा मनमा सोच्न लगाए । अनि जवाफ दिए— तपाईंको लक्ष्य एकदुई वर्षमा पूरा हुनेछ । त्यसपछि तपाईंले ठूलो पद पनि पाउनुहुनेछ । त्यसलाई अस्वीकार गर्नुभयो भने त्योभन्दा पनि ठूलो पद पाउनुहुन्छ । त्यसलाई स्वीकार गर्नुभयो भने ठूलो पदलाई बाधा
दिनेछ (कोइराला, २०६७ः १०८) ।”
नभन्दै उनी रिहा भएको दुई वर्षपछि २००७ साल फागुन ७ गते एक सय चारबर्से राणाशाहीको अन्त्य भयो । बीपी गृहमन्त्री बने । तर बीचैमा राजीनामा दिए । अनि उनकै नेतृत्वमा २०१५ सालमा भएको आमनिर्वाचनमा नेपाली काङ्ग्रेसले दुईतिहाइ बहुमत अर्थात् संसद्का कुल एक सय नौमध्ये ७४ सिटमा विजय हासिल ग¥यो । बीपी मुलुककै पहिलो निर्वाचित
प्रधानमन्त्री भए ।

पत्रकार जगत नेपालको पुस्तक वीपीको विद्रोहबाट ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको कम्यूनिष्ट आन्दोलन विशिष्ट चरणमा पवबेश गरेको छ : प्रचण्ड
नेपालको कम्यूनिष्ट आन्दोलन विशिष्ट चरणमा पवबेश गरेको छ : प्रचण्ड
एसईई पुनः केन्द्रले नै व्यवस्थापन गर्ने
एसईई पुनः केन्द्रले नै व्यवस्थापन गर्ने
२३औँ  विश्वकप फुटबलको आयोजना यि तिन देशले गर्ने
२३औँ विश्वकप फुटबलको आयोजना यि तिन देशले गर्ने
ओम्याक्स चलचित्र हलमा आगलागी, करोडौँको क्षति !
ओम्याक्स चलचित्र हलमा आगलागी, करोडौँको क्षति !
अाज जेठ ४ गते: कहाँ के के घटना घटे ?
अाज जेठ ४ गते: कहाँ के के घटना घटे ?
चाकडी र घुस दिन नसक्दा बरिष्ठ न्युरो सर्जनले दिए राजिनामा
चाकडी र घुस दिन नसक्दा बरिष्ठ न्युरो सर्जनले दिए राजिनामा
८ विद्यार्थी संगठन द्वारा हड्तालका कार्यक्रमहरू फिर्ता
८ विद्यार्थी संगठन द्वारा हड्तालका कार्यक्रमहरू फिर्ता
विश्वमै सबैभन्दा धेरै म्यानमार र सिरियाका मानिस विस्थापित
विश्वमै सबैभन्दा धेरै म्यानमार र सिरियाका मानिस विस्थापित
नारायणकाजीप्रति संकेत गर्दै बाबुरामले लेखेः कमानसिंह लामाले आफ्नै नेताबारे लेखेको कुरा निकै गम्भीर
नारायणकाजीप्रति संकेत गर्दै बाबुरामले लेखेः कमानसिंह लामाले आफ्नै नेताबारे लेखेको कुरा निकै गम्भीर
पार्टी एकताबाट पछाडि फर्किने पुल भत्काइसकेका छौं : प्रचण्ड
पार्टी एकताबाट पछाडि फर्किने पुल भत्काइसकेका छौं : प्रचण्ड