बस दुर्घटना : दुईको मृत्यु, २३ घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १, २०७५
|
|
२० पटक हेरिएको
Shares
बस दुर्घटना : दुईको मृत्यु, २३ घाइते

सारांश

  • जिरी, चैत १  दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा आज बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।
  • दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङदी गाउँपालिका–३ का हिराप्रसाद मिजारको मृत्यु भएको सशस्त्र प्रहरी बलको लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाको सुरक्षा बेसका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक फुर्गेली शेर्पाले जानकारी दिनुभयो ।
  • दुर्घटनामा २३ घाइते भएको दोलखाका प्रवक्ता प्रहरी निरीक्षक प्रदीप महतले जानकारी दिनुभयो ।

जिरी, चैत १  दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा आज बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।

दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङदी गाउँपालिका–३ का हिराप्रसाद मिजारको मृत्यु भएको सशस्त्र प्रहरी बलको लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाको सुरक्षा बेसका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक फुर्गेली शेर्पाले जानकारी दिनुभयो ।

दुर्घटनामा २३ घाइते भएको दोलखाका प्रवक्ता प्रहरी निरीक्षक प्रदीप महतले जानकारी दिनुभयो । घाइतेको दोलखाको सिङ्गटीस्थित रोलवालिङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी जनाएको छ ।

बा४ख ४५७३ नंको बस दोलखामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका कामदार लिएर गुडेको थियो । आज बिहान छ्योत्छ्योतस्थित चिनियाँ क्याम्पबाट करीब ३० कामदार लिएर छुटेको बस माथिल्लो तामाकोशी आयोजनाको मुख्य टनेलतर्फ जाने नयाँ बाटो लुप सेभेन (सात घुम्ती) मा दुर्घटना भएको थियो ।

(https://bparlay.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?