शव व्यवस्थापन चुनौती

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ७, २०७७
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएपछि काभ्रेपलाञ्चोकमा मृतकको शव व्यवस्थापनमा चुनौती देखिएको छ ।
  • जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय तहमा शव व्यवस्थापनका लागि उचित स्थानको पहिचान गर्न अनुरोधसमेत गरेको छ ।
  • जिल्लामा बुधबारसम्म आठ पुरुष र सात महिला गरी १५ को कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ ।

कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएपछि काभ्रेपलाञ्चोकमा मृतकको शव व्यवस्थापनमा चुनौती देखिएको छ । जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय तहमा शव व्यवस्थापनका लागि उचित स्थानको पहिचान गर्न अनुरोधसमेत गरेको छ ।

जिल्लामा बुधबारसम्म आठ पुरुष र सात महिला गरी १५ को कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ । हालसम्म मृत्यु भएकाको सरकारद्वारा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव अन्त्येष्टि गर्न प्रयोगमा ल्याइएको काठमाडाँै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगिने गरिएको छ । उक्त गृहमा हाल चाप बढ्दै गएपछि कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा मृत्यु भएकालाई वैकल्पिक व्यवस्थापनका लागि जिल्लास्थित १३ स्थानीय तहमा स्थानको खोजी गर्न थालिएको हो ।

सङ्क्रमितको अस्पतालमा मात्र नभई होम आइसोलेसनमा समेत मृत्यु हुन थालेपछि केन्द्र तथा जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोष्टले वैकल्पिक शव व्यवस्थापनमा ध्यान दिएको हो । “पछिल्ला केही दिनदेखि दैनिकजसो मृत्यु हुन थालेपछि स्थानीयस्तरमै शव व्यवस्थापनका लागि स्थानको खोजी थालिएको हो, स्थानीय तहका जनप्रतिनिधिले यस विषयलाई गम्भीरतापूर्वक लिनुभएको छ”, केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो । उहाँका अनुसार हाल दुई स्थानीय तहले आफ्नो क्षेत्रमा शव व्यवस्थापन गर्न सकिने प्रस्ताव गरेको छ ।

यसैबीच, काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडाँै विश्वविद्यालय स्कूल अफ इन्जिनीयरिङका विद्यार्थीले कोरोना सङ्क्रमणका कारण अस्पतालमा मृत्यु भएकाको शव व्यवस्थापन गर्न मानिसले छुनु नपर्ने ‘रोबो–भ्यान’ निर्माणमा जुटेका छन् । रिमोटबाट चल्ने यो भ्यानले मृत शरीरलाई अस्पतालको श्ययाबाट शववाहनसम्म तथा शव वाहनबाट घाटसम्म लैजान सहयोग गर्ने रोबो भ्यानका डिजाइनर अभिषेक कार्कीले बताउनुभयो । कात्तिक महिनाभित्रै निर्माण सक्नेगरी खटेको टोलीका लागि नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट)ले आर्थिक सहयोग गरेको छ ।

काभे्रपलाञ्चोकमा बिहीबारसम्म ५२५ महिलासहित एक हजार ३७१ मा कोरोना सङ्क्रमण देखिएको छ । कूल सङ्क्रमितमध्ये ६५ प्रतिशत अर्थात् ८८७ सङ्क्रमणमुक्त भएको पोष्टले जनाएको छ । सक्रिय सङ्क्रमितमध्ये ९३ अस्पताल र ३७७ होम आइसोलेसनमा उपचाररत छन् । गत असार २ गते काभ्रेपलाञ्चोकमा पहिलो सङ्क्रमण देखिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘फोरजी’ पछि अब मोवाइलमा ‘फाइभजी’
‘फोरजी’ पछि अब मोवाइलमा ‘फाइभजी’
चलचित्रकर्मीद्वारा आन्दोलनको चेतावनी
चलचित्रकर्मीद्वारा आन्दोलनको चेतावनी
बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला
बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला
आज बडा दशैंको टीका: उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा
आज बडा दशैंको टीका: उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा
हेलिकप्टर र्दुघटनामा निधन भएका ५ जनाको पशुपति आर्यघाटमा अन्त्युष्टि
हेलिकप्टर र्दुघटनामा निधन भएका ५ जनाको पशुपति आर्यघाटमा अन्त्युष्टि
अभिनेता इरफान खानले रूवाउने चिठि पत्रकारलाइ पठाए, मेरो ओर्लने स्टेशन आइसकेको छ !
अभिनेता इरफान खानले रूवाउने चिठि पत्रकारलाइ पठाए, मेरो ओर्लने स्टेशन आइसकेको छ !
गोदावरी खोला सरसफाई अभियानको १७ औं हप्तामा धान रोपेर उल्लास
गोदावरी खोला सरसफाई अभियानको १७ औं हप्तामा धान रोपेर उल्लास
भरतपुर पुनः मतदानको सुनुवाइ फेरि सर्दै
भरतपुर पुनः मतदानको सुनुवाइ फेरि सर्दै
गोहीको आक्रमणबाट बच्न सफल बालक प्रवासी नेपाली संगठनहरुले आर्थिक सहयोग
गोहीको आक्रमणबाट बच्न सफल बालक प्रवासी नेपाली संगठनहरुले आर्थिक सहयोग
एमालेको लालकिल्ला भत्काउदै काङ्ग्रेसले निकाल्यो शानदार जित
एमालेको लालकिल्ला भत्काउदै काङ्ग्रेसले निकाल्यो शानदार जित

तपाईंले छुटाउनुभयो कि?